२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ।

उखु किसानले उखु प्रति क्विन्टल ७ सय ५० रुपैयाँ तोक्न माग गर्दै आएको भए पनि मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो।

यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्, 'सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। उखुको न्यूनतम खरिद मूल्य जुन छ उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ। यसरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने एउटा मात्रै निर्णय भएको छ।,'

प्रकाशित: ४ पुस २०८० ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App