३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

तीन महिनामा ७ जलविद्युत् आयोजनाबाट १४३ मेगावाट बिजुली थपियो

फाइल तस्बिर

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १४३.२३५ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा ७ वटा जलविद्युत् आयोजनाबाट १४३.२३५ मेगावाट बिजुली थप भएको हो।

गत साउन यता गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनीले ०.९७ मेगावाट क्षमताको घट्टे खोला साना जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको छ। यो आयोजनाले साउन १३ गतेदेखि व्यवसायिक रुपमा बिजुली उत्पादन गर्दै आइरहेको छ। त्यसैगरी ग्लोबल हाइड्रोपावर एसोसिएसन प्रालीले पनि ५२.४६५ मेगावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ। त्यसैगरी रिभरफल्स हाइड्रोपावर डेभलपमेन्ट  प्रालीले निर्माण गरेको डाउन पिलुवा १०.३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ। सो जलविद्युत् आयोजनाले साउन २५ गतेदेखि व्यवसायिक रुपमा बिजुली उत्पादन गर्न थालेको हो। 

अपि पावर कम्पनी लिमिटेडको अपर चमेलिया ४० मेगावाट क्षमताको बिजुली पनि साउन २८ गते राष्ट्रिय ग्रिडमा जडान भएर व्यवसायिक उत्पादन गर्दै आइरहेको छ। भूगोल हाइड्रोपावर प्रालीले निर्माण गरेको अपर सानीगाड १०.७ मेगावाट आयोजना पनि राष्ट्रिय ग्रिडमा जडान भएको छ। सो आयोजना गत भदौ २ गते राष्ट्रिय ग्रिडमा जडान भएको हो। म्यादी हाइड्रोपावर प्रालीले निर्माण गरेको १४ मेगावाट क्षमताको घरखोल जलविद्युत् आयोजनाको बिजुली पनि राष्ट्रिय ग्रिडमा जडान भएर उत्पादन गर्दै  आइरहेको छ। सो आयोजना भदौ ८ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आइरहेको छ। त्यसैगरी सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन अपर सान्जेन १४.८ मेगावाट क्षमताको आयोजनाले गत असोज २१ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आइरहेको छ। 

प्रकाशित: २१ मंसिर २०८० ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App