१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआरएनए निर्वाचनमा ७० जनाको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गरेका छन्। गत बिहीवारबाट मनोनयन दर्ता सुरु भएकोमा आइतबारसम्म ७० जनाले उम्मेदवारी दर्ता गरेका छन्।

संघको नयाँ कार्यसमितिको विभिन्न ७४ पदका लागि प्रतिस्पर्धा हुनेछ। सोमबारसम्म अनलाइन र भौतिक रूपमा उपस्थित भएर उम्मेदवारी दर्ता गराउन सकिने जानकारी निर्वाचन समितिका सदस्य तथा सूचना अधिकृत चिरञ्जीवी ढकालले दिए।

आइतबारसम्म अध्यक्ष र महासचिवमा दुई–दुईजनाले मात्र उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षमा आरके शर्मा र डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा गौरीराज जोशी र बुद्धिसागर सुवेदीको उम्मेदवारी परेको छ।

उपाध्यक्षमा अभिमानसिंह बस्नेत, गंगाधर गौतम, रोविनप्रसाद शेरचन, गोविन्दप्रसाद श्रेष्ठ, राजु रेग्मी, रामशरण सिम्खडा, डा. केशव पौडेल, नारायणप्रसाद आचार्य, खगेन्द्र न्यौपाने, जेदुनाथ पोखरेल, चिरञ्जीवी घिमिरे, विजय मोक्तानले उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरी, महिला उपाध्यक्षमा यसिमा बेगम सैयद, युवा उपाध्यक्षमा अब्दुल वासिद र रोशन थापाले उम्मेदवारी दर्ता गरेका छन्। उपमहासचिवमा सोमनाथ सापकोटा, कृष्णजगनाथ गिरी, प्रमोद सिटौला, प्रवीण गुरुङ, सन्तोषकुमार भट्टराईले उम्मेदवारी दिएका छन्।

त्यसैगरी, सचिवमा दयानिधि सापकोटा, प्रकाश सापकोटा, टंकप्रसाद गैरे, राजेन्द्रप्रसाद पुडासैनी, रामजी पोखरेल, पारसमणि पोखरेल, मनोज श्रेष्ठ, यज्ञराज सुवेदी, महिला सचिवमा राधिका गुरुङले उम्मेदवारी दिएका छन्।

एसिया प्रशान्त क्षेत्रीय संयोजकमा जापानका शिवप्रसाद पौडेल, युवा संयोजकमा जापानकै सुपेन्द्र घिसिङ, ओसियाना क्षेत्रीय संयोजकमा दिनेश पोखरेल, उपसंयोजकमा अरूणकुमार ठाकुर, ओसियाना उपसंयोजकमा गोकुलप्रसाद घिमिरे, एसिया प्रशान्त क्षेत्रीय संयोजकमा प्रदीप न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।

अमेरिकाज उपसंयोजकमा पूर्णचन्द्र बानियाँ, मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व महिला उपसंयोजकमा सरिता भण्डारी पौडेल, मध्यपूर्व क्षेत्रीय महिला संयोजकमा लक्ष्मी गिरी, युरोप उपसंयोजकमा राजु अर्याल, महिला संयोजकमा अनिता गुरुङ, युवा संयोजकमा रविन अधिकारी, ओसियाना क्षेत्रीय उपसंयोजकमा कमलराज पाठक, युरोप क्षेत्रीय संयोजकमा प्रकाश भण्डारी, सहकोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, मध्यपूर्व क्षेत्रीय युवा उपसंयोजकमा रमेश श्रेष्ठ, क्षेत्रीय अमेरिकाज संयोजकमा बेदराज बस्नेत, एसिया प्यासेफिक क्षेत्रीय उपसंयोजकमा श्रवणकुमार सत्याल, कोषाध्यक्षमा सुजनकुमार थापा, ओसियाना क्षेत्रीय संयोजकमा डण्डपाणी कँडेल (डीपी), ओसियाना क्षेत्रीय युवा संयोजकमा सूर्य आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरी सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, महिला सहसंयोजकमा अमृता थापा, उपसंयोजक एसिया प्यासेफिकमा दिपक केसी, युरोप क्षेत्रीय संयोजकमा डा.चिरञ्जीवी खड्का, महिला संयोजकमा अनुजा प्रधान, देवकी खत्री गुरुङले उम्मेदवारी दिएका छन्।

त्यसैगरी, सहकोषाध्यक्षमा देविदल खड्का, क्षेत्रीय युवा संयोजक विकास बस्नेत, युरोप उपसंयोजकमा शंकर डाँगी, उपसंयोजकमा दिपकप्रसाद कँडेल, क्षेत्रीय उपसंयोजकमा संजीवकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता सोमबार पनि हुने निर्वाचन समितिले जनाएको छ। दुई वर्षे कार्यकालको नेतृत्वका लागि निर्वाचन हुन लागेको हो।

एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट असोज ३० गते बिहान हुने तय भएको छ। सोही दिन अपराह्नदेखि कात्तिक १ सम्म विश्व ज्ञान सम्मेलनमा महिला र युवा विषयक सत्र पनि सञ्चालन हुनेछ। महाधिवशेनका लागि अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद् पदाधिकारीका लागि निर्वाचन हुनेछ।

गैरआवासीय नेपाली संघ, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ अनुसार विधिवतरूपमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो। हालसम्म एनआरएनएमा डा. उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ अध्यक्ष भइसकेका छन्। एनआरएनएको निर्वाचनमा कात्तिक २ गते २४ घन्टा अनलाइनबाट मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: २९ आश्विन २०८० ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App