१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘मर्कुरिअल’को प्रदर्शनी

 स्ट्रिक्स प्रोफेसनलले काठमाडौंमा आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’को प्रदर्शनी गरेको छ । एक मुडबाट अर्कोमा आउने सहज परिवर्तनका स्वरूपहरूको कलेक्सन कपालको कटाइ, रङ र स्टाइलमा प्रतिबिम्वित हुने बताउँदै स्ट्रिक्स प्रोफेसनलले सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ एक सो आयोजना गरी प्रदर्शनी आयोजना गरेको हो।

‘स्ट्रिक्स प्रोफेसनल’ प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित गरी आयोजना गरिएको हो। ‘मर्कुरिअल’ को फेसन सोमा कपालको हेरचाह, रङ र स्टाइलका व्यावसायिक श्रेणीका उत्पादन, यसको नयाँ कलेक्सन’ हरू रहेका छन्। रुचि र स्वभावहरू परीक्षण गर्न रुचाउने दर्शकहरू माझ यो कलेक्सन निकै लोकप्रिय भएको कम्पनीले जनाएको छ।

सेलेब्रेटी हेयरस्टाइलिस्ट विपुल चुदासले हेयरस्टाइलिस्टहरू जहिले पनि फेसन उन्मुख भएका संग्रहको खोजीमा हुने बताए। उनले कपालको कटाइ, रङ, स्टाइल, सृजनशीलता र नवीनतालाई चुनौती दियोस् भन्ने चाहने बताए।

प्रकाशित: २३ आश्विन २०८० ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App