८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

भायानेटले ल्यायो चाडपर्वको मौसममा चार अविश्वसनीय छुटहरूको अफर

भायानेटले आकर्षक मूल्यमा इन्टरनेट र चाडपर्वलाई ध्यानमा राखी विशेष अफरहरूको घोषणा गरेको छ।

नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपिएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। साथै महान चाड दशैं र तिहारको अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ।

भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको ८४०० मा १२५ एमबीपिएस इन्टरनेटको मज्जा लिन सक्ने भायानेटले जनाएको छ। जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी समेत गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५०% सम्म छुटका लागि योग्य हुनेछन्। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिङग मेसिन रहनेछन्।  

यस सीमित अवधिको अफरमा उपलब्ध छुटहरू यसप्रकार छन्ः

– अल्टिमा वायरलेस इयरबड्सः भ्याटसहितको मूल्य रू. १२२५ सम्ममा उपलब्ध छ।

– हिमस्टार ४३ इन्च स्मार्ट टिभीः भ्याटसहितको मूल्य रु २७,५०० सम्ममा उपलब्ध छ।

– हिमस्टार ५५ इन्च स्मार्ट टिभीः भ्याटसहितको मूल्य रू. ५४,००० सम्ममा उपलब्ध छ।

– हिमस्टार रेफ्रिजरेटरः भ्याटसहितको मूल्य रू. १७,५१० सम्ममा उपलब्ध छ।

– हिमस्टार वाशिङ मेसिनः भ्याटसहितको मूल्य रू. ४१,२०० सम्ममा उपलब्ध छ।

मङ्सिर ९ गतेसम्म मान्य रहने यो अविश्वसनीय अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

भायानेट सबैभन्दा उत्कृष्ट सम्भावित मूल्यमा सबैभन्दा राम्रो डिजिटल अनुभव निरन्तर रूपमा उपलब्ध गराएर आफ्ना ग्राहकहरूको जीवनलाई समृद्ध बनाउने आफ्नो मिशनद्वारा सञ्चालित छ। भायानेट नेपालमा एक अग्रणी इन्टरनेट र टिभी समाधान प्रदायक हो र आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिकदुवै उपयोगको लागि नयाँ र नवीन इन्टरनेट समाधान प्रदान गर्दै आएको छ।

प्रकाशित: २२ आश्विन २०८० ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App