१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

टाटा मोटर्सको बडादशैं अफर

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई टाटा मोटर्स बडा दशै बडा अफर सार्वजनिक गरेको छ।

योजना अन्तर्गत ग्राहकले टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख तीस हजार रूपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन्। यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बिमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू प्राप्त गर्न सक्नेछन्। टाटा इभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले जनाएको छ।

बडादशैंको शुभ अवसरमा ग्राहकले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेञ्जका गाडीहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्नेछन्। उपहार योजनामा सहभागी भई नयाँ गाडी खरिद गरेर फाइदा लिन सिप्रदी ट्रेडीङ प्रालिले अनुरोध गरेको छ।

प्रकाशित: २२ आश्विन २०८० ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App