२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक गरेको छ।

कम्पनीले कोना जिएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रूपैयाँ रहने जनाएको छ। कोना इभीको इन्ट्री भेरियन्ट- जीएल ५९ लाख ९६ हजार र जीएल-एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रूपैयाँ रहेको छ। विद्युतीय गाडीहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सर्वाधिक सफल इलेक्ट्रिक मोडल कोनाको जी एल भर्सन ल्याएको हो।

नयाँ इलेक्ट्रिक कोनामा धेरै परिमार्जन भएको र ड्राइभिङ रेन्ज पनि बढेको जनाइएको छ। कम्पनीका अनुसार नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो। हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ बाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८० ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App