१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

५ दशमलव ८९ अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो।

आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार छ कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ बराबरमा कारोबार भएका छन्। आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक शून्य दशमलव ९२ र म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूहको उपसूचक शून्य दशमलव ९५ प्रतिशतले घटेको छ।

माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुईवटा कम्पनी शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सात करोड ६८ लाख ९६ हजार छ सय चार बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको तीन लाख १९ हजार सात सय कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: ८ आश्विन २०८० ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App