सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरेको फाउन्डेसनले जनाएको छ। कार्यक्रम नारायणकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो।
प्रकाशित: ५ आश्विन २०८० ०४:०५ शुक्रबार