१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलको ‘हरेक दिन सरप्राइज, सबैलाई स्योर प्राइज’ योजना

एनसेलको १८औं वार्षिकोत्सवका अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्ट योजना ल्याएको छ।

एनसेल आजियाटाले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत ‘हरेक दिन सरप्राइज, सबैलाई स्योर प्राइज’ ल्याएको घोषणा गरेको हो। यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउने र आइतबारदेखि नै ग्राहकले एनसेलका सेवा–सुविधाहरू स्योर प्राइजका रूपमा उपहारहरू निःशुल्क प्राप्त गर्न थालिसकेको कम्पनीले जनाएको छ।

दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कारहरू पाउन योग्य हुन ग्राहकले सजिलै एस्ट्रिक्स १७११७ ह्यास डायल गरी बिनाशुल्क एनसेलका सेवासुविधाहरू स्योर प्राइज स्वरूप प्राप्त गर्नेछन्। स्योर प्राइज उपहार स्वरूप प्राप्त हुने सेवा, सुविधाहरू २४ घण्टाका लागि मात्र मान्य रहने कम्पनीले जनाएको छ।

२८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा १ हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरूप सय रूपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। योजनाको अन्त्यमा सात जना ग्राहकले बम्पर पुरस्कारका रूपमा एक–एक वटा स्कुटर जित्ने कम्पनीले बताएको छ ।

प्रकाशित: ३ आश्विन २०८० ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App