१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासीको साझा एजेन्डा ताल संरक्षण

आगामी शनिबार लेखनाथ उद्योग वाणिज्य संघले दुईवर्ष कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ। नयाँ नेतृत्वका लागि व्यवसायीहरु चुनावी अभियानमा छन्। आफनो पल्लाभारी बनाउन उम्मेदवारी दिएका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। आफनै एजेण्डा लिएर आफना सदस्यको घरदैलोमा पुगेर विश्वासको मत माग्दै छन्। वाणिज्य संघको यो १४ औंं अधिवेशन तथा २७ औं साधारण सभा हो।  

नयाँ नेतृत्वको लागि अध्यक्षमा भरतकुमार अधिकारी र विनोद श्रेष्ठ चुनावी मैदानमा छन्। उनीहरु दुवै यतिबेला घरदैलो गर्दै आफनो योजनाहरु सुनाउन व्यस्त छन्। दुवैको एजेण्डा मिल्दोजुल्दो नै छ। दुवै अध्यक्षका प्रत्यासी भन्छन, ‘तालको संरक्षण, लगानी मैत्री बातावरण सिर्जना गर्ने, व्यवसायीको हकहित र कृषि उत्पादनमा वाणिज्य संघले सम्बन्धित निकायसँग सहकार्य गर्ने हो।’  

अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीले पूर्वाधार विकासको लागि सर्वसाधारणको अपेक्षा धेरै बढ्दै गएको उल्लेख गर्दै पूर्वाधार बनाउन वाणिज्य संघले तीनतहको सरकारसँग छलफल गर्ने र सहकार्य गर्ने स्पष्ट पारे। ‘सात ताललाई जोडेर पर्यटन प्रवद्र्धनको खाका बनाउनुपर्छ,’ उनले भने, ‘ठोस खाका नबनाएसम्म लेखनाथको पर्यटन प्रवद्र्धनमा टेवा पुग्दैन्।’ उनले पर्यटनसँग खेलकुद तथा अन्य सम्भावना बोकेका क्षेत्रको अध्ययन गरेर लगानीको लागि वाणिज्य संघले सहजिकरण गर्ने बताए।

‘लगानीको क्षेत्रको अध्ययन गरेर संघले लगानीको लागि विभिन्न निकायलाई सहजिकरण गर्ने छ,’ उनको भनाई थियो। उनले महिला उद्यमीको लागि पोखरा महानगरपालिका उपमेयर कार्यक्रम मार्फत यथोचित पहलकदमी गर्ने बताए।  

उनले खेलकुदको पूर्वाधारको लागि भण्डारढीक खेल मैदानलाई व्यवस्थित बनाउने, कभर्ड हल निर्माणलाई पूर्णता दिने विषयमा समेत सम्बन्धित सरोकार निकायसँग छलफल गरिने सुनाए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रग्बी खेल भण्डारढीक खेलमैदानमा आयोजना भएको सुनाउँदै उनले खेलकुद मार्फत पर्यटन प्रवद्र्धनमा समेत संघले चासो दिएको उल्लेख गरे। महानगरसँग सहकार्य गर्दै लेखनाथ क्षेत्रको कृषियोग्य जमिनलाई उपयोग गरी कृषि उत्पादन बढाउन विशेष पहलकदमी गर्ने आफनो प्राथमिकतामा रहेको बताए।  

अर्का अध्यक्षका प्रत्यासी विनोद श्रेष्ठले पनि बेगनास ताललाई पर्यटकीय केन्द्र बनाउने स्पष्ट पारे। ‘बेगनास तालमा बोट सञ्चालनमा आईसकेको छ। ताल किनारमा च्याम्बर गार्डेन बनाउने लक्ष्य छ,’ उनले आफनो योजना सुनाए, ‘च्याम्बर गार्डेनले पर्यटन प्रवद्र्धन नयाँ आयाम हुने विश्वास छ।’ उनले कृषि क्षेत्रको प्रवद्र्धन गर्न महानगरपालिकासँगको सहकार्यमा कृषि उपज बजार स्थल निर्माण गरिएको भन्दै कृषि क्षेत्रलाई विशेष प्रथामिकतामा राखिएको स्पष्ट पारे।

खास गरी उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी हकहितको लागि वाणिज्य संघ सदैव लड्ने उनले  बताए। उनले लेखनाथमा लगानीको क्षेत्र हेरेर वाणिज्य संघ मार्फत लगानीको बातावरण तयार पार्ने सुनाए। लगानी मैत्री बातावरण बनाउन सकिए लेखनाथ क्षेत्र हरेर हिसाबले उत्कृष्ट बन्ने विश्वास समेत उनको थियो।  

१९ सदस्यीय कार्यसमिति चयन हुने छ। एशोसिएट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध भईसकेका छन्। ८ खुल्ला,दुईजना महिला सदस्य, एक संस्थागत र एक एशोसिएट सदस्य निर्वाचित हुनेछन्। आगामी शनिबार हुने अधिवेशनमा संघमा आवद्ध १८६६ सदस्य चुनावी अभियानमा सहभागिता जनाउने छन्। बरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलको प्रतिस्पर्धा छ। त्यस्तै प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी र गोपीचन्द्र बाँस्तोला भिड्दै छन्। द्वितीय उपाधयक्षमा मेनुका श्रेष्ठ र विक्रम कर्मार्चाय चुनावी मैदानमा छन्। महासचिवमा जीवन तिवारी र जानुका पराजुली अधिकारी, उपमहासचिवमा भिमबहादुर सार्की(काईला) र भरतराज ओझा बीच प्रतिस्पर्धा हुने छ। कोषाध्यक्षमा पुष्पमणि भण्डारी र ध्रुबबावु भट्टराई प्रतिस्पर्धामा छन्।  

प्रकाशित: १९ भाद्र २०८० ०९:४७ मंगलबार

लेखनाथ उद्योग वाणिज्य संघ