१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ।  

शुक्रवारबाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरूको स्टल रहेको छ।  

मिडिया स्पेस सोलुसन्स्, फ्युचरेक्स ट्रेड फेर एन्ड इवेंट्स, एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एन्ड इम्पोर्टरस एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म चल्ने छ।

नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायनसेस् तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको उदघाटन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले गरेका थिए।

विद्युतीय सवारीको प्रवर्द्धन, विद्युत् तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं त्यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।

प्रदर्शनीमा विद्धुतिय कार, स्कुटर, मोटरसाइकल, साइकल तथा रिक्सा, चारजिङ्ग स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको व्यवसायमा संलग्न कम्पनीहरू सहभागिता हुँदैछन्।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नु कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।

प्रकाशित: १५ भाद्र २०८० १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App