१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

निर्यात प्रवर्द्धन गर्न भन्सारमा सहजीकरण गर्नुपर्छ: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।

भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रह गरेका छन्।

उनले विश्वका अन्य मुलुकहरूमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै यसको पुनरावलोकन गर्न आवश्यक रहेको विचार व्यक्त गरेका छन्।

उनले विश्व बैंकको एउटा प्रतिवेदनले कच्चा पदार्थमा भन्सार महसुल छुट, पुँजीगत सबै वस्तुहरूमा भन्सार छुट र अर्ध प्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्।

अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकलद्वार प्रणाली लागु गर्न, न्यूनतम ९८ प्रतिशत वस्तुहरूको परीक्षण भन्सार विन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेसिन जस्ता न्यूनतम् प्रविधिको प्रयोग गरी भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको औंल्याए।

अहिलेको अवस्थाभन्दा अर्थतन्त्र बिग्रने अवस्था नभएको तर लगानीकर्ता र उपभोक्ताको कन्फिडेन्स बढाउन नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको जनाउँदै उनले यसलाई तत्काल सुधार गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले सकारात्मक पहल लिनुपर्ने बताए।

प्रकाशित: २९ श्रावण २०८० ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App