१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

चिनियाँ लगानी बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग मंगलबार गरेको भेटका क्रममा नेपालमा लगानीको अवसर रहेकाले लगानी गर्न आग्रह गरेका छन्। नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्पm अध्यक्ष ढकालले राजदूत सोङको ध्यानाकर्षण गराएका थिए।

सोही भेटका क्रममा राजदूत सोङले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए। उत्पादनमूलक उद्योग, कृषि, ऊर्जा लगायतका क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए। विदेशी लगानी भिœयाउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने भनाइ राजदूत सोङको थियो।  

प्रकाशित: २४ श्रावण २०८० ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App