४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हलसभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले टाउन हलसभाको १० औं संस्करण सम्पन्न गरेको छ। कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना हुँदै आइरहेको छ।

टाउन हलसभा सबै कर्मचारीहरूको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकतावद्ध हुने अवसर हो।

कम्पनीले गरेको प्रगति, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरूको बारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर भएको कम्पनीले जनाएको छ।

कर्मचारी मैत्रीकार्यस्थल बनाउन र सम्पूर्ण टिमलाई कम्पनीको लक्ष्य पूरा गर्नका लागि व्यवस्थापन टिमसँग पङ्क्तिबद्ध भएर अघि बढ्न यस्तो सभाले महत्वपूर्ण भूमिका खेल्ने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले बताए ।

प्रकाशित: ८ श्रावण २०८० ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App