१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा के छ ? (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो।

मौद्रिक नीतिमा बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाइएको छ।

नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । सो लक्ष्य प्राप्तिका लागि संघीय सरकारबाट रु.३०२ अर्ब ७ करोड पुँजीगत खर्च गर्ने गरी बजेट विनियोजन भएको छ भने बजेटमा आर्थिक सुधारका कार्ययोजनाहरु प्रस्ताव गरिएका छन्। त्यसैगरी,प्रदेश सरकारहरुबाट कुल रु.१५९ अर्ब ४९ करोड पुँजीगत खर्च विनियोजन भएको छ । बजेटमा उल्लेख भए बमोजिमको सुधारका कार्ययोजनाहरुको कार्यान्वयन र विनियोजन बमोजिमको पुँजीगत खर्च हुँदा निजी क्षेत्रबाट हुने लगानीमा समेत सकारात्मक प्रभाव पर्ने र यसबाट लक्षित आर्थिक वृद्धि हासिल हुन थप सहयोग पुग्ने देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति

आर्थिक वर्ष २०७९/८० मा मुद्रास्फीति ७ प्रतिशतभित्र कायम राख्ने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएकोमा २०८० जेठसम्मको औसत मुद्रास्फीति ७.७७ प्रतिशत रहेको छ । २०८० जेठ महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० मा न्यूनतम ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य रहेकोमा आर्थिक वर्ष २०७९/८० को एघार महिनासम्म करिब ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको छ । 

मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा रहेको भारित औसत अन्तरबैंक ब्याजदरलाई ५.५ देखि ८.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखिएकोमा वार्षिक औसत अन्तरबैंक ब्याजदर ७.१३ प्रतिशत कायम भएको छ ।

यस्तो छ पूर्णपाठ 

प्रकाशित: ७ श्रावण २०८० ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App