२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

करोडौँ डुबाएर श्रेय सहकारीका सञ्चालक सम्पर्कविहीन,पीडितहरुद्धारा घर घेराउ

श्रेया सहकारीका सञ्चालक चन्द्र खापुङ र लोक खापुङको घर घेराउ गर्दै पीडितहरू। तस्बिर: रोहित राई

सर्वसाधारणको करोडौँ बचत रकम डुबाएर धरान १५ स्थित श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन्।

सञ्चालक अध्यक्ष लोक खापुङ, उनका बुबा पूर्व सञ्चालक समिति अध्यक्ष चन्द्र खापुङ सम्पर्कविहीन भएका हुन्। सञ्चालकहरु सम्पर्कविहीन भएपछि बचत रकम फिर्ता गर्न र कानुनी कारबाहीको माग गर्दै पीडितहरूले शुक्रवार घर घेराउ गरेका छन्। श्रेयामा कति जनाले रकम राखेका छन् भन्ने तथ्याङ्क नभएपनि ५ सय भन्दा बढी रहेको अनुमान छ। उनीहरूमध्ये हाल १०६ जनाले सङ्घर्ष समिति बनाएर आन्दोलन गरेका हुन्।

सङ्घर्ष समितिका संयोजक देवकुमार राईका अनुसार सम्पर्कमा आएका १०६ जना पीडितहरूकै मात्र १८ करोड ३७ लाख ४० हजार ३५९ रुपैया रकम डुबेको छ। ‘एक पटक लोक खापुङसँग कुरा हुँदा १ सय करोड बढी फिर्ता गर्नुछ भनेका थिए,’ सङ्घर्ष समिति संयोजक राईले खुलाए भने,‘सञ्चालकहरुले स्पष्ट हिसाब नदेखाएकोले यति नै डुबेको छ भनेर यकिन छैन।’

सुनचाँदी व्यापार गर्ने चन्द्र खापुङ भूपू ब्रिटिस सैनिक हुन्।चन्द्र खापुङ पूर्वब्रिटिस आर्मी हुन्। त्यसैले उनकोमा अधिकांश भूपू लाहुरे परिवारको पैसा फसेको छ। बुबा खापुङको व्यापारलाई इजी राइडर ग्रुप बनाएर छोरा लोक खापुङले होटल, धराने पिउने पानी सहकारी, ढुङ्गा खानी, जग्गालगायतमा लगानी गरेका थिए। व्यापार, व्यवसायसँगै सहकारी पनि डुबेर बचतकर्ताहरूको पैसा फिर्ता गर्न नसकेपछि बुबा चन्द्र खापुङ हाल युके पुगिसकेका छन् भने उनका छोरा लोक खापुङ पनि काठमाण्डाै तिर लुकेर बसेको सङ्घर्ष समितिको भनाई छ।

२०७६ सालदेखि नै श्रेया सहकारीले बचतकर्ताहरूको पैसा फिर्ता गर्न छोडेको थियो। पीडितहरूले सञ्चालहरुविरुद्ध उपमहागनरपालिकाको न्यायिक समिति, ईलाका प्रहरी कार्यालयमा उजुरी दिएपनि न्याय नमिलेपछि हाल जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको पीडितहरूले बताएका छन्। प्रहरीले पनि पक्राउ नगर्दा खापुङ भागेर युके गएको र छोरा पनि काठमाण्डौंमा लुकेको पीडितहरू गुनासो गर्छन्। सङ्घर्ष समितिका अनुसार खापुङ परिवारको ९० प्रतिशत जग्गा बैङ्कमा रोक्का छ। त्यसमाथि पनि पुनः सङ्घर्ष समितिले पनि रोक्का गरेको छ।

प्रकाशित: २९ असार २०८० ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App