१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘नाडा अटो सो’ भदौ अन्तिम साता हुने

नेपालमा साना सवारी साधनको सबैभन्दा ठूलो प्रदर्शनी आगामी भदौ तेस्रो साताबाट हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा नाडा अटो सो–२०२३ आयोजना गरिएको छ।

नाडा अटो सो २०२३ मा विद्युतीय लगायतका चार पाङ्गे्र, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी तथा ढुवानीका साधन, स्पेयर पाटर्स, टायरट्युव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू राखिने छन्।

त्यसैगरी, सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थाहरू समेतको सहभागिता रहने छ।

नेपालमा साना सवारी साधनको सबैभन्दा ठूलो प्रदर्शनी आगामी भदौ तेस्रो साताबाट हुने भएको छ।

झण्डै चार वर्षपछि हुन लागेको यस बृहत् प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब रूपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ। प्रदर्शनीमा नेपालभरिका अटोमोवाइल व्यवसायीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कोभिडको दीर्घकालीन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणले विगतमा अटोमोवाइल व्यवसाय सुस्ताएको थियो। अहिले सुधार आएको छ। नाडाले हरेक वर्षको दसैं अगाडि नाडा अटो सो गर्दै आएको छ।

झण्डै चार वर्षपछि हुन लागेको यस बृहत् प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब रूपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ।

कोभिडको महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन। सन् २०२३ मा सवारी साधनमा सरकारले लगाएको आयात प्रतिवन्धको कारण हुन सकेको थिएन। सन् २०२२ मा भने ‘नाडा इभी एक्सपो २०२२’ आयोजना गरिएको थियो।

प्रकाशित: २८ असार २०८० ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App