हिमालयन बैंकले दुर्घटना मृत्यु बिमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकले विमला गुरागाईंलाई उक्त बिमा दाबी रकम प्रदान गरेको हो । खातावाला ईश्वर गुरागाईंको दुर्घटनामा परी मृत्यु भएको थियो
बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतिले उक्त बिमा दाबी रकम गुरागाईंलाई हस्तान्तरण गरेका छन् ।
प्रकाशित: २६ असार २०८० ०३:३३ मंगलबार