२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकले थप्याे पाँच शाखा

सिटिजन्स बैंकले थप पाँच शाखाहरू संचालनमा ल्याएको छ। बैंकले शाखाविस्तार गर्ने क्रममा कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ संचालनमा ल्याएको छ।  

यो संगैे बैंकको १८८ वटा शाखाहरु संचालनमा आएका छन्। प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा८ शाखा पुगेका छ।

आज बैंकमा अयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मर्यादित ढङ्ग बाट आफ्नाग्राहकलाई उत्कृष्ट सेवा सुबिधा उपलब्ध गराउन निर्देशन दिएका छन्।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४३ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १६लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

प्रकाशित: १९ असार २०८० ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App