१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

राजनीति सिक्न रुकुमपूर्व आउनुपर्छ : रिमा विश्वकर्मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद् रिमा विश्वकर्माले नेपालको राजनीतिक इतिहास बुझ्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन्।  

भूमे गाउँपालिकामा आयोजित कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रुकुमपूर्वलाई राजनीतिक चेतना, संघर्ष र परिवर्तनको महत्वपूर्ण केन्द्रका रूपमा चित्रण गरिन्। ‘देशका जुनसुकै दलका नेता तथा कार्यकर्ताले रुकुमपूर्वको इतिहास बुझ्न आवश्यक छ, राजनीति सिक्न पनि यहाँ आउनुपर्छ,’ उनले भनिन्। 

माओवादी जनयुद्ध समेत रुकुमपूर्वबाट सूरु भएको भन्दै उनले  यस भूगोलबाट सुरु भएको आन्दोलनले शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, संघीयता र गणतन्त्र स्थापनासम्मको मार्ग प्रशस्त गरेको बताइन्।  

उनले मुलुकको शासन व्यवस्था परिवर्तन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै रुकुमपूर्वलाई राजनीति सिकाउने थलोका रूपमा व्याख्या गरिन्।  

प्रकाशित: २१ जेष्ठ २०८३ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App