१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

दराजद्वारा ‘पे-डेको झट्का’ घोषणा

दराजले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै ‘पे–डेको झट्का’ योजना घोषणा गरेको छ। योजना अनुसार प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरू लिन सकिने कम्पनीले जनाएको छ।

ग्राहकको लागि यो योजना एक अवसरको रूपमा आएको उल्लेख गर्दै कम्पनीले हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकले निः शुल्क डेलिभरीको सुविधा पाउने कम्पनीले जनाएको छ।

यस्तै ग्राहकहरूले ७ सय ७७ रूपैयाँसम्मको भाउचरहरू पनि प्राप्त गर्न सक्ने र योजनाको क्रममा इसेवा मार्फत २० प्रतिशत छुट पाउनेछन्। यस्तै पे–डेको झट्का अभियान असार ७ देखि १०गतेसम्म सक्रिय रहने तथा यसको ट्यागलाइन ‘किनमेल पनि बचत पनि’ ले दराज अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदाहरूमा जोड दिने कम्पनीले बताएको छ।

दराजले किनमेल मात्र नभएर बचतमा पनि जोड दिने र मासिक आम्दानी गर्नेहरूका लागि उच्च स्तरीय सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित: ७ असार २०८० ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App