१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हुन्डाईको सस्तो ब्याजदर योजना सार्वजनिक

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारी साधन कोना र आयोनिक फाइभको खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ।  

दिगोपन र पर्यावरण–मैत्री भविष्य प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुन्डाईले प्रभु बकैंसँग साझदारी गरी उक्त योजना ल्याएको हो। योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्ष को लागि) कोना र आयोनिक फइभ खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार ३ सय १ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई उक्त सेवा उपलब्ध हुनेछ। विद्युतीय सवारी साधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ कम्पनीले उक्त योजना ल्याएको जनाएको छ। हुन्डाई कोना तीन वटा भेरियण्टमा रहेको उल्लेख गर्दै कम्पनीले कोना एनएसको मूल्य ६० लाख ९६ हजार रूपैयाँ, जिएलको ६१ लाख ९६ हजार रूपैयाँ र जिएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको जनाएको छ। साथै आयोनिक फइभ जिएलएस भर्सनको १ करोड २९ लाख ६० हजार रहेको जनाएको छ।

प्रकाशित: ५ असार २०८० ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App