४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्णाली प्रदेश: ११ महिनामा पुँजीगत खर्च ३४ प्रतिशत मात्रै

आर्थिक मसान्त सकिन लाग्दा कर्णाली प्रदेश सरकारले ११ महिनाको अवधिमा पुँजीगत खर्च ३४.६१ प्रतिशत बजेट खर्च गरेको छ।

१९ अर्ब ६५ करोड ४२ लाख ७९ हजार दुई सय रुपैयाँ पुँजीगत बजेट मध्ये प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ६ अर्ब ८० करोड १६ लाख ९२ हजार ७८० रुपैयाँ खर्च गरेको हो।

यो अवधिमा प्रदेश सरकारले चालू खर्च ४८.१० प्रतिशत गरेको छ। चालूतर्फ १३ अर्ब आठ करोड ६६ लाख २४ हजार ७६५ रुपैयाँ बजेट छुट्याएको प्रदेश सरकारले जेठ मसान्तसम्म छ अर्ब २९ करोड ४९ लाख २५ हजार ५२ रुपैयाँ ४५ पैसा बजेट खर्च गरेको हो।

आर्थिक वर्ष २०८९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ३६ हजार बजेट ल्याएको प्रदेश सरकारले जेठ मसान्तसम्म पुँजीगत र चालू खर्च गरेर १३ अर्ब ९ करोड ६६ लाख १७ हजार बजेट खर्च गरेको छ।

प्रदेश सरकारले जेठ १७ गतेदेखि ३२ गतेसम्म एक साताको अवधिमा एक अर्ब ७९ करोड ४४ लाख ७६ हजार ९१७ रुपैयाँ ८२ पैसा खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। प्रदेश सरकारले जेठ १७ गतेसम्म कुल बजेट मध्ये ११ अर्ब ३० करोड २१ लाख ४० हजार रुपैयाँ खर्च गरेको थियो। बजेट कार्यान्वयनको अन्तिम महिना आईपुग्दा सम्म कर्णाली प्रदेश सरकारको कुल बजेट मध्ये आधा अझै बाँकी छ।

सबैभन्दा कम बजेट खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको छ। ६७ करोड ३५ लाख ९९ हजार रुपैयाँ बजेट रहेको मुख्यमन्त्री कार्यालयले जेठ मसान्तसम्म १५ करोड १८ लाख २३ हजार ६१४ रुपैयाँ खर्च गरेको छ। यो खर्च जम्मा बजेटको २२.५४ प्रतिशत हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ११ महिनाको अवधिमा २७.२६ प्रतिशत बजेट खर्च गरेको छ। ३० करोड १८ लाख ९३ हजार बजेट मध्ये आठ करोड २२ लाख ९८ हजार ८७१ रुपैयाँ मात्रै खर्च गरेको छ।

सबैभन्दा धेरै विकास बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३०.२३ प्रतिशत बजेट खर्च गरेको छ। ११ अर्ब १० करोड ८४ लाख ८३ हजार रुपैयाँ बजेट मध्ये मन्त्रालयले तीन अर्ब ३५ करोड ८५ लाख ४१ हजार ५८५ रुपैयाँ खर्च गरेको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३८.५९ प्रतिशत बजेट खर्च गरेको छ। दुई अर्ब १७ करोड ११ लाख रुपैयाँ बजेट मध्ये ८३ करोड ७८ लाख ४० हजार ४६३ रुपैयाँ बजेट खर्च गरेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ महिनाको समयावधिमा ४०.२९ प्रतिशत बजेट खर्च गरेको छ। दुई अर्ब ४१ करोड ४० लाख ९१ हजार ९६५ रुपैयाँ मध्ये मन्त्रालयले ९७ करोड २७ लाख ३१ हजार १८२ रुपैयाँ बजेट खर्च गरेको हो। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ४६.६१ प्रतिशत खर्च गरेको छ। मन्त्रालयले तीन अर्ब ८३ करोड ६४ लाख १२ हजार रुपैयाँ मध्ये एक अर्ब ७८ करोड ८३ लाख २७ हजार ४९४ रुपैयाँ बजेट खर्च गरेको हो।

सामाजिक विकास मन्त्रालयले ११ महिनाको अवधिमा झण्डै ५० प्रतिशत बजेट खर्च गरेको छ। ६ अर्ब नौ करोड ७५ लाख ८० हजार २५५ रुपैयाँ मध्ये तीन अर्ब दुई करोड ४२ लाख ४ हजार ८४८ रुपैयाँ बजेट खर्च गरेको छ।

आर्थिक मन्त्रालय तथा योजना मन्त्रालयले यो अवधिमा ५४.६५ प्रतिशत बजेट खर्च गरेको छ। २१ करोड ५५ लाख ९ हजार रुपैयाँ मध्ये ११ करोड ७७ लाख ७८ हजार ५२२ रुपैयाँ बजेट खर्च भएको छ।

प्रकाशित: ४ असार २०८० ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App