८ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना छः महाविर पुन

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने सम्भावना रहेको बताएका छन्। सामाजिक संजाल ट्वीटरमा एक पोस्ट गर्दै पुनले आफूले एक प्रतिशत सम्भवना भएको काममा सफलता हासिल गर्दै आएको बताउँदै अब सांसद बन्ने सम्भावना पनि एक प्रतिशत रहेको उल्लेख गरेका छन्। यो पोस्टबाट उनी राजनितिमा आउने संकेत गरेको बुझ्न सकिन्छ।

उनी लेख्छन्, 'मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस र बुझ्नु होस् । म पनि चुनाबमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस्।'

उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरेका छन्। उनले यस्तो बताउनुको कारण भने गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई रहेको बताएका छन्।  

उनले लेखेका छन् ‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रहीरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ।’
 

प्रकाशित: ३२ जेष्ठ २०८० ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App