१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पाेखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर निर्माण सुरु

पोखरा– पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको २५ हजार डलरमा २१ दिनभित्रै निर्माण कार्य सक्ने गरी काम सुरु गरिएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिए।

पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालका तर्फबाट सहभागिता जनाइने विश्वास गरिएको छ ।

पूर्वाधार निर्माणका लागि भारत, अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडालगायत ३५ विदेशीले श्रमदान गरिरहेका छन् । रासस

प्रकाशित: २ वैशाख २०७४ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App