१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सहकारी संस्थाको अनुशासनलाई सुदृढ बनाउन जरुरी छः सचिव रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले  सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन।  

आज  काठमाडौंमा आयोजित सहकारीको विद्यमान चुनौति र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिवद्धता लिन आवश्यक रहेको बताए । 

उनले  सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गरे । उनले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरु अपमानित हुनु परेको बताए।सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताए।उनले सहकारी संस्थाहरुले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिए।  

सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताए । उनले असजिलो अवस्थामा अवरोध नभइ एकवद्ध हुुनपर्ने आवश्यकता रहेको उल्लेख गरे।  

प्रकाशित: २४ जेष्ठ २०८० १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App