coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतबाट राँगो, कोरियाबाट साँढे र कोरली गाई

मुलुकलाई दुधमा आत्मनिर्भर बनाउन सरकारले विभिन्न मुलुकबाट उन्नत जातका पशु ल्याउन सुरु गरेको छ। गत पुसमा कोरियाबाट उन्नत जातको कोरली गाई र साँढे ल्याइएको थियो भने अहिले भारतबाट मुर्रा राँगो ल्याउन लागिएको छ।

नेपालले विदेशबाट उन्नत जातका गाई तथा राँगो ल्याउन वर्षौंदेखि प्रयास गर्दै आएको थियो। प्रायः कुनै पनि देशले आफ्नो उत्कृष्ट ‘जिन’ अरू देशलाई दिन चाहँदैन, मान्दैन। उत्कृष्ट जिन भएका गाई, साँढे, राँगो स्रोत केन्द्रमार्फत उत्पादन गरेर दुधको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले विदेशबाट ल्याइएको हो।

नेपालका गाई–भैंसीको दुध उत्पादन क्षमता कम भएकाले उच्च परिमाणमा दुध दिने वंशाणुगत गुण भएका गाई, प्रजनन क्षमता राम्रो भएका साँढे र राँगो ल्याउने निर्णयमा पुगेको मन्त्रालयले जनाएको छ। नेपाल सरकारले सन् २०१८ देखि भारतबाट उन्नत जातको राँगो ल्याउने प्रयास गरेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा भारत सरकार नेपाललाई मुर्रा राँगो उपलब्ध गराउन सहमत भएको हो।

मुलुकलाई दुधमा आत्मनिर्भर बनाउन सरकारले विभिन्न मुलुकबाट उन्नत जातका पशु ल्याउन सुरु गरेको छ। गत पुसमा कोरियाबाट उन्नत जातको कोरली गाई र साँढे ल्याइएको थियो भने अहिले भारतबाट मुर्रा राँगो ल्याउन लागिएको छ।

नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूह बैठकले भारतबाट ३० वटा उच्च प्रजनन् मानका मुर्रा राँगो नेपाललाई उपलब्ध गराउन अनुरोध भएको थियो। भारतले १५ वटा उच्च प्रजनन् मानका मुर्रा राँगो निःशुल्क उपलब्ध गराउने सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए।

‘प्राविधिक पक्ष टुंगिए पश्चात् भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म मुर्रा राँगो भारतले उपलब्ध गराउने छ,’ प्रवक्ता सञ्जेलले भने। प्राप्त राँगा पशु सेवा विभाग माताहतका राष्ट्रिय पशु प्रजनन् कार्यालयहरू पोखरा, नेपालगन्ज, लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको विर्य उत्पादन गरी कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइदने व्यवस्था गरिनेछ।

वस्तुगत सहायता स्वरूप प्राप्त हुने प्रजनन् मानका १५ वटा राँगाबाट ३ वर्ष पश्चात् वार्षिक कम्तिमा १.५ लाख डोज विर्य उत्पादन भई कम्तिमा १ लाख भैंसीलाई कृत्रिम गर्भाधान गराइ नश्ल सुधारमार्फत भैंसीको दुध उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूह बैठकले भारतबाट ३० वटा उच्च प्रजनन् मानका मुर्रा राँगो नेपाललाई उपलब्ध गराउन अनुरोध भएको थियो।

यसैगरी, सरकारले गत पुसमा दक्षिण कोरियाबाट कोरली गाई र साँढे ल्याएको थियो। कोरियाबाट विमान चार्टर गरेर कार्गोमार्फत ३६ कोरली गाई र ६ वटा साँढे ल्याइएको थियो। हेफर इन्टरनेसनलको सहयोगमा नेपालले दक्षिण कोरियाबाट गाई ल्याएको हो। हेफरको सहयोगमा १०० वटा होल्स्टेन फ्रिजन जातका कोरली गाई र २० वटा प्रजनन साँढे ल्याउने सहमति भएको थियो।

अहिले नेपालमा रहेका उन्नत जातका गाईले प्रतिबेत ३ हजारदेखि ३५ सय लिटर दूध दिन्छन्। कोरियाबाट ल्याएको कोरली गाईले भने प्रतिबेत १० हजार लिटर दुध दिने क्षमता राख्ने मन्त्रालयको भनाइ छ।

सरकारले धेरै वर्षदेखि विदेशबाट उच्च उत्पादन क्षमता भएको जिन ल्याउन प्रयास गर्दै आएको थियो। पशु प्रजनन पोखरामा वीर्य उत्पादन गर्ने कार्यक्रम छ। उन्नत नश्लको साँढेबाट वीर्य निकाल्ने र गाईलाई कृत्रिम गर्भाधान गराएर उत्पादन बढाउने योजना छ। आनुवांशिक स्रोतबाट नेपालमा उच्च प्रजनन क्षमता भएका गाईको स्रोत केन्द्र विकास, दुध उत्पादन वृद्धि तथा गाईको जातीय विकासमा महत्वपूर्ण टेवा पुग्ने मन्त्रालयले जनाएको छ।

नेपाललाई दुधमा आत्मनिर्भर बनाउने सरकारी योजना छ। नेपालमा अहिले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दुध आवश्यक भए पनि ७८ लिटर मात्र उत्पादन हुन्छ। अहिले प्रतिव्यक्ति १३ लिटर दुध उत्पादन कम छ। उन्नत जातको नश्लबाट उत्पादन बढाएर अपुग दुध बढाउने योजना छ।

अहिले नेपालमा रहेका उन्नत जातका गाईले प्रतिबेत ३ हजारदेखि ३५ सय लिटर दूध दिन्छन्। कोरियाबाट ल्याएको कोरली गाईले भने प्रतिबेत १० हजार लिटर दुध दिने क्षमता राख्ने मन्त्रालयको भनाइ छ।

यहाँको उत्पादनले बजारको माग नधानेर विदेशबाट दुध आयात भइरहेको अवस्थामा सरकारले दुध उत्पादन बढाउने योजना बनाएको हो। न्यूनतम पोषणका लागि दूध उत्पादन बढाउनुपर्ने मन्त्रालयले जनाएको छ। स्वदेशी उत्पादनले अपुग भएर विदेशबाट पाउडर आयात भइरहेको छ। दुधको माग वार्षिक ८ प्रतिशत बढ्दै गएको छ।

मानव स्वास्थ्यका लागि अत्यावश्यक चिल्लो पदार्थ, ल्याक्टोजिन, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन दुधमा पाइने भएकाले दुध प्रयोग अनिवार्य मानिन्छ। सरकारले पशुपालन बढाएर दुध उत्पादन उकास्ने लक्ष्य लिएको छ। किसानले गाई–भैंसी पालेर दुध उत्पादन गरेर ल्याएपछि लिटरका आधारमा सरकारले अनुदान दिँदै आएको छ।

प्रकाशित: २२ जेष्ठ २०८० ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App