२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

यी हुन् बजेटका प्राथमिकता र उद्देश्यहरु

अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन्।

सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै मन्त्री महतले यस्तो बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेको बताए।

उनले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको बताए।

उनले विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने बताए। उनले गुणस्तरिय सामाजिक विकास, सुरक्षा र न्याय प्रणालीको प्रत्याभूत गर्ने, लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने उल्लेख गरे।

उनले आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्युनिकरण गर्ने र समष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने, संघीयताको सवलीकरण र सुशासन कायम गर्ने बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिवृद्धि गर्ने बताए।

उनले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बिस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिइएको बताए।

उनले सार्वजनिक स्रोतको समुचित तथा उपलब्धिमुलक परिचालन गर्नुका साथै उपलब्ध अवसर तथा  लाभको समन्यायिक वितरण गरी धनी र गरीब बीचको खाडल कम गर्नुपर्ने आवश्यकता महसुस गरी बजेटका उद्देश्य तथा प्राथमिकता तय गरेको बताए।

उनले अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभुत गर्ने बताए। उनले लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्युनिकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सबलीकरण र सुशासन कायम गर्ने, बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने बजेटका उद्देश्य रहेको बताए।

प्रकाशित: १५ जेष्ठ २०८० ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App