१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सडक निर्माण सुस्त: २४८ किलोमिटर मात्र कालोपत्रे

सरकारले चालु आर्थिक वर्ष(आव)मा लक्ष्य गरेभन्दा निकै कम सडक कालोपत्रे गरेको छ। अघिल्ला वर्षको तुलनामा सडक निर्माणको गति निकै सुस्त भएको छ।

संघीय सरकारले सडक विभाग मातहत चालु आव ०७९/८०मा १५ सय किलोमिटर नयाँ सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। चालु आवको आठ महिनामा नयाँ सडक १ सय ४ किलोमिटर मात्रै भएको छ । यसले सडक निर्माणको गति खुम्चिएको देखिन्छ। २ सय ४८ किलोमिटर सडक कालोपत्रे भएको छ।

सरकारले चालु आवमा लक्ष्य अनुसारको सडक निर्माण असफल देखिएको छ। अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सो अवधिमा ३ सय १६ किलोमिटर सडक ग्राभेल भएको छ। सोही अवधिमा २ सय ४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरिएको छ। सरकारले चालु आवमा ३५० वटा पुल निर्माण गर्ने लक्ष्य राखे पनि चालु आवको ८ महिनामा पुल निर्माण कार्य पनि उत्साहजनक तवरले हुन सकेको देखिँदैन। यस अवधिमा ७५ वटा पुल मात्र निर्माण सम्पन्न भएका छन्।

सरकारले चालु आर्थिक वर्ष(आव)मा लक्ष्य गरेभन्दा निकै कम सडक कालोपत्रे गरेको छ। अघिल्ला वर्षको तुलनामा सडक निर्माणको गति निकै सुस्त भएको छ।

आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे भएको छ। ७ हजार ९ सय ५६ किलोमिटर सडक ग्राभेल भएको छ भने ८ हजार ६ सय ६४ किलोमिटर सडक कच्ची रहेको छ। हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ। कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ।

२०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो। आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो। त्यसैगरी सोही अवधिमा ३३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो। साथै ७८ सय किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो।

आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे भएको छ।

सो अवधिमा २८२ पुलको निर्माण सम्पन्न भएको थियो। मध्यपहाडी (पुष्पलाल) राजमार्गको कुल लम्बाइ १८ सय ७९ किलोमिटर मध्ये २०७९ को असारसम्म १२ सय ५९ किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ४२ किलोमिटर सडक कालोपत्रे भई १३ सय १ किलोमिटर पुगेको छ। लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०७९ फागुनसम्म ९७ पुलको निर्माण सम्पन्न भएको छ।

आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार हुलाकी राजमार्गको कुल लम्बाइ १८ सय ५७ किलोमिटरमध्ये २०७९ असारसम्म ८९१ किलोमिटर (लिङ्क सडकसहित)कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ३६.५ किलोमिटर सडक कालोपत्रे भई २०७९ फागुनसम्म ९२७.५ किलोमिटर सडक कालोपत्रे भएको छ। यो लोकमार्गका २५० पुलमध्ये २०७९ असारसम्म ११५ पुल निर्माण सम्पन्न भएको थियो।

चालु आवको फागुन मसान्तसम्मको अवधिमा भने १२२ वटा पुल तयार भएका छन्। राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोर कुल लम्बाइ ४४७ किलोमिटरको गैंडाकोट–राम्दी–मालढुङ्गा खण्डको २४५ किलोमिटर खण्डमध्ये २०७९ फागुनसम्म १२० किलोमिटर सडक कालोपत्रे र २७ पुलको निर्माण सम्पन्न भएको छ। यस कोरिडोरअन्तर्गत २०७९ फागुनसम्म मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डको २०२ किलोमिटर खण्डमध्ये २९ किलोमिटर सडक कालोपत्रे र ६ पुलको निर्माण सम्पन्न भएको छ।

 २०७९ असारसम्म २८ किलोमिटर सडक कालोपत्रे र ४ पुलको निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। कर्णाली कोरिडोरको कुल लम्बाइ २६९ किलोमिटर मध्ये २०७९ असारसम्म २५७ किलोमिटर ट्र्याक निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म ३.५ किलोमिटर थप ट्र्याक निर्माण भई हालसम्म २६०.५ किलोमिटर ट्र्याक निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

चालु आवको फागुन मसान्तसम्मको अवधिमा भने १२२ वटा पुल तयार भएका छन्।

कोसी कोरिडोरको कुल लम्बाइ १६२ किलोमिटर मध्ये २०७९ फागुनसम्म थप १५ किलोमिटर ग्राभेल भई हालसम्म ७० किलोमिटर सडक ग्राभेल भएको छ भने १० पुलको निर्माण सम्पन्न भएको छ।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत २०७९ फागुनसम्म महादेवटार सुरुङमार्गको ३,३५५ मिटर मध्ये ६७६.६५ मिटर, धेद्रेसुरुङमार्गको १,६३० मिटरमध्ये ४४.५५ मिटर र लेनडाँडा सुरुङमार्गको १,४३० मिटरमध्ये २६८.१५ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। चालु आर्थिक वर्षको फागुनसम्म थप ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) प्रिन्ट भएको छ। २०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४ सय ७५ रहेको छ।

२०७९ असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको भएको छ। २०७९ असारसम्म ३१ यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागु भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ५ यातायात व्यवस्था कार्यालय/सेवा कार्यालय (गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारी) मा सो प्रणाली लागु भएको छ।

पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा २०७९ असारसम्म ५२.५ किलोमिटर ट्र्याक बेड र ५ रेल्वे पुल निर्माण भएकोमा २०७९ फागुनसम्म ५४.५ किलोमिटर ट्र्याक बेड तथा ७ पुलको निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित: १५ जेष्ठ २०८० ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App