१९ पुस २०८२ शनिबार
image/svg+xml
अर्थ

नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा आएनः सांसद गुरुङ

फाईल तस्बिर <br>

नेकपा(एमाले)का उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा ठोस रुपमा नआएको बताएका छन।

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको ठोस योजना नआएको बताएका हुन।उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्रलाई माथि उठाउने नीति आउन नसकेको बताए।

 उनले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै संघीयता पक्षधरकै कारण यसप्रति प्रश्न उठेको बताए । सांसद गुरुङले दलाल नोकरशाही पुँजीपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजिवादको विकास गर्नुपर्ने बताए ।  

उनले नीति, कार्यक्रममा दलाल पुँजीवादलाई बलियो बनाउने कि राष्ट्रिय पुँजीवादलाई बलियो बनाउने भन्ने स्पष्ट नभएको बताए ।

प्रकाशित: ९ जेष्ठ २०८० १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App