३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बुद्धको जीवनीमा आधारित ‘सोन्–एट्–लुमेरे’परियोजनाको घोषणा

साउथ एसिया फाउन्डेसन–नेपाल र लुम्बिनी विकास कोषको सहकार्य र संयुक्त प्रयासमा गौतम बुद्धको जिवनीमा आधारित ‘सोन्–एट्–लुमेरे’ परियोजनाको घोषणा गरेको छ। लुम्बिनीको प्राचीन सांस्कृतिक सम्पदा र धरोहरलाई संरक्षण र प्रवद्र्धन गर्ने साझा लक्ष्य लिइएको यस परियोजनाको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गरेका छन्।

यस्तै भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न विज्ञहरूले मानव जीवनमा बुद्ध उपदेशको महत्वका बारेमा प्रकाश पारेका थिए। उद्घाटन कार्यक्रमका वक्ता श्री पद्म ज्योतिले परियोजनाको सफल कार्यान्वयनमा सरकारसँगै स्थानीय निकाय र व्यापारिक प्रतिष्ठानले पनि हातेमालो गर्नुपर्ने आवस्यकता औंल्याएका छन्। अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति, अनुसन्धान र विश्व शान्तिको प्रचार–प्रसारमा पनि यो परियोजना लाभदायी हुने उनको भनाइ थियो। विश्व शान्ति र मानवताका दक्षिण एसियाली दूत गौतम बुद्धको शिक्षा र उपदेश आजको परिवेशमा अझै सान्दर्भिक र महत्वपूर्ण रहेकोमा, यो परियोजनाले बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउने तिर्थालु र पर्यटकहरूलाई बुद्धको जीवनी र उनको उपदेश रोचक ढंगले प्रष्टसँग बुझाउने विश्वास साउथ एसिया फाउन्डेसन र साउथ एसिया फाउन्डेसन–नेपालको रहेको जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०८० ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App