मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थ केयरसँग छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पश्चात् बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले अरोगिन हेल्थ केयरका विभिन्न सेवा सुविधाहरूमा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाहसँगै अन्य विभिन्न सुविधाहरू रहेका छन्।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
प्रकाशित: ९ जेष्ठ २०८० ०२:३१ मंगलबार





