१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

इप्पानको वार्षिक साधारणसभा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।

बुधबार बसेको कार्यसमितिको बैठकले आगामी जेठको अन्तिमा इप्पानको साधारणसभा गर्ने निर्णय गरेको हो। इप्पानको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ। इप्पानको बैठकले निर्वाचन प्रक्रियामा भाग लिनको लागि यही जेठ २५ गते भित्र सदस्यता नवीकरण र नयाँ प्राप्त गरिसक्नुपर्ने निर्णय गरेको छ।

साधारणसभाको तयारीका लागि उपाध्यक्ष मोहनकुमार डाँगी संयोजक रहने गरी सचिव रामप्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मूल तयारी समिति गठन गरेको छ।

संस्थाको हालको स्वरूपमा परिमार्जन गरी संस्थालाई नयाँ ढंगले अगाडि बढाउनेसम्बन्धी अध्ययन गरी सुझाव पेश गर्न सचिव भरतबहादुर खत्री संयोजक रहने गरी सल्लाहकार भानु पोखरेल र प्रकाश दुलाल सदस्य रहेको समिति गठन गरेको छ।

ऊर्जा उत्पादकहरूलाई जेष्ठ २५ गते भित्र सदस्यता नवीकरण र नयाँ प्राप्त गर्न आह्वान समेत गर्ने निर्णय गरेको छ।

प्रकाशित: ८ जेष्ठ २०८० ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App