५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सनराइज बैंकद्वारा क्याम्पसलाई फिल्टर हस्तान्तरण

सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटरप्युरिफायर प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो।

बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई उक्त प्युरिफायर हस्तान्तरण गरेका हुन्।

सुक्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाव रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्थीलाई विद्यालयमा शुद्ध पिउने पानी उपलब्ध गराउन र स्वस्थ तवरले पठनपाठन गर्न मदत पुर्‍याउने क्याम्पसका अध्यक्ष सापकोटाले बताएका छन्।

प्रकाशित: ८ जेष्ठ २०८० ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App