१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

‘इनोभेटिभ फाइनान्सिङले मात्रै विदेशी लगानीकर्ता आकर्षित हुने’

नेपालमा वैदेशिक लगानी भित्र्याउन परम्परागत भन्दा इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायले बताएका छन्।

लगानी बोर्डको कार्यालय र स्ट्याण्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौंमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को तेस्रो सत्र ‘डेभलपमेन्ट फाइनान्सिङ इन नेपालः इन्स्टुमेन्ट्र एण्ड स्कोप’ कार्यक्रमका वक्ताले परम्परागत खालका फाइनान्सिङ मोडलभन्दा पनि ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी) लगानीको ढाँचा अपनाएर वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन्।

नेपालमा वैदेशिक लगानी भित्र्याउन परम्परागत भन्दा इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायले बताएका छन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका सस्टेनेवलिटी बोण्डका एमडी तथा डिसिएम राजिब सेठले परम्परागत फाइनान्सिङ मोडलभन्दा ‘ब्लेन्डेड फाइनान्सिङ खालको मोडल अपनाएर वैदेशिक लगानी भित्र्याउनुपर्ने बताए।

‘कुनै पनि मुलुकमा वैदेशिक लगानी भित्र्याउन स्थिर खालको नीति मात्रै होइन, स्वच्छ खालका वित्तीय संस्थाको पनि आवश्यकता पर्दछ,’ उनले भने, ‘सरकारले सहज खालका नीति बनाएर प्रवर्द्धन गर्ने सोच अंगीकार गरेको खण्डमा मात्रै वैदेशिक लगानी भित्र्याउन सकिन्छ।’

सेठले कुनै पनि लगानीकर्ताले लगानी गरिसकेपछि प्रतिफल सहजै आफ्नो देशमा फिर्ता लैजान पाउने व्यवस्था गर्नुपर्ने बताए। ‘बंगलादेशले छोटो समयमा विदेशी लगानी भित्र्याएर ठूलाठूला खालका पूर्वाधारहरू विकास गरेको छ।’ उनले भने ‘नेपालले पनि आवश्यक नीति तथा कानुन तर्जुमा गरेर वैदेशिक लगानी भित्र्याउनेतर्फ प्रयास गर्न जरुरी छ।’

सेठले कुनै पनि लगानीकर्ताले लगानी गरिसकेपछि प्रतिफल सहजै आफ्नो देशमा फिर्ता लैजान पाउने व्यवस्था गर्नुपर्ने बताए।

विजनेस अक्सिजन प्रालिका सिईओ सिद्धान्तराज पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै नेपालले पनि इनोभेटिभ खालका फाइनान्सिङ मोडेल अपनाएर मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्ने बताए। ‘अहिले संसारभरि नै ब्लेन्डेड फाइनान्सिङ मोडल निकै लोकप्रिय छ,’ उनले भने ‘ब्लेन्डेड फाइनान्सिङ मोडेलमा कर्मर्सियल ऋण, स्वपुँजी र न्यून परिपूर्ति कोष (भीजिएफ) लगायतका मिश्रित खालको मोडल अपनाएर पनि पूर्वाधार निर्माणमा वैदेशिक लगानी ल्याउन सकिन्छ।’ 

प्रकाशित: ३१ वैशाख २०८० ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App