१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘हुलाक बचत बैंकको बचतकर्ताले रकम फिर्ताको लागि गुहारे सिडिओ’

२६ जना बचतकर्ताले दुई करोड फिर्ताको माँग

हुलाक बचत बैँकबाट बचत रकम फिर्ता गराउन माँग गर्दै प्रजिय सापकोटाको कार्यकक्षमा पुगेका पीडितहरु।

हुलाक बचत बैंक, जिल्ला हुलाक कार्यालय बारा, कलैयामा रकम जम्मा गरेका बचतकर्ताहरुले आफ्नो रकम फिर्ताको माँग गर्दै बाराका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन्।

हुलाक बचत बैंकले बचत रकम दिनमा आलटाल गरेको भन्दै बचत रकम फिर्ताको लागि पीडितहरुले प्रजिय नवराज सापकोटा सम्क्ष उजुरी नै दिन बाध्य भएका हुन्।

बचत रकम फिर्ताको लागि प्रमुख जिल्ला अधिकारीलाई भेटन पुगेका कलैया उपमहानगरपालिका १६ झिटकैया निवासी पीडित रामएकबाल राय यादवले परिवारका पाँच जना सदस्यहरुले छुट्टा छुट्टै खाता खोलेर हुलाक बचत बैंकमा ३८ लाख ५० हजार जति रकम जम्मा गरेको दुखेसो गरे।

जम्मा गरिएको रकम मध्ये केही रकम निकाल्न जाँदा हुलाक बचत बैंकका कर्मचारीहरुले बैकमा रकमै रहेको भन्दै बैंकबाट फर्काउने गरेको कारणले आफुहरु सिडियोलाई उजुरी दिन बाध्य भएको पीडित यादवले बताए।

रामएकबाल राय यादवको नाम खोलिएको खाता नम्बर ६६ मा नौ लाख, श्रीमती संयुक्ता यादवको नाममा खोलिएको खाता नम्बर ७२ मा ११ लाख चार सय ,छोरा कृष्ण यादवको नाममा खोलिएको खाना नम्बर १६४६ मा १० लाख ४१ हजार , संयुक्ता र रामएकबाल राय यादवको संयुक्त खाता नम्बर १६७० मा ७ लाख १२ हजार र संयुक्ता यादव र रन्जु देबीको संयुक्त खाता नम्बर ११५५ मा ७७ हजार गरेर लगभग ३८ लाख ५० हजार जति परिवारकै सदस्यहरुले रकम जम्मा गरिए पनि अहिले बैँकले जम्मा गरिएको रकम नदिदा समस्या भएको रामएकबाल यादवले बताए।

१४/१५ वर्ष पहिलादेखि खेतमा उत्पादन गरिएको उखु,मकैँ, धान र गेहुँलाई बार्षिक रुपमा बिक्री गर्दै हुलाक बैँकमा जम्मा गरिदै आएको उनले बताए।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भेटिएका पीडितहरु  बिनोद प्रसाद कानुले ५ लाख ८० हजार, गणेश  दास बानियाले १९ लाख ६० हजार ,प्रदिप कुमार गिरिले ३८ लाख ५० हजार, मालती देबि चौधरीले २१ लाख ५३ हजार, मुक्तार शेखले ६ लाख २ हजार जम्मा गरेको रकम हुलाक बैंकबाट फिर्ता नपाएको गुनासो गरे।

हुलाक बचत बैंक, जिल्ला हुलाक कार्यालय बारा, कलैयामा रकम जम्मा गरेका २६ जनाले लगभग दुई करोड बचत रकम फिर्ताको माँग गर्दै हुलाक बैंक विरुद्ध उजुरी दिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन्।

उजुरी आए पछि त्यसको छानबिन शुरु गरिएकोले अहिले नै केही भन्न नसकिने प्रजिअ सापकोटाले बताए।

हुलाक  बचत बैंकमा जम्मा सेवाग्राहीको रकम बजार र कर्मचारीहरुलाई क्रण दिने कार्यमा लगानी गरिएकोले लगानी रकम उठे पछि फिर्ता गरिने  हुलाक बचत बैँक, जिल्ला हुलाक कार्यालय बारा, कलैयाका प्रमुख बलिराम कुर्मीले बताए।

१४ सय बचतकर्ताहरुले एक करोड मात्रै रकम हुलाक बचत बैँकमा जम्मा गरिएको दाबी कुर्मीले गरे। २६ जना बचतकर्ताहरुले नै दुई करोड बचत गरेको दाबी गरि रहेको प्रश्नमा प्रमुख कुर्मीले अरु रकम बिभागले तिर्ने भएकोले यस शाखाले तिर्ने रकमको मात्रै आफू जिम्मेवार भएको बताए।

प्रकाशित: २८ वैशाख २०८० १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App