२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

योजना आयोगको सदस्यमा डा. बुढाथोकी

राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन्।  

बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका हुन्। यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए। सरकारले गत ८ वैशाखमा नै बुढाथोकीलाई सदस्य नियुक्त गरे पनि सपथ भने बाँकी थियो।  

बुढाथोकीले आइतबारै सपथ ग्रहणपछि पदभार ग्रहण समेत गरेका छन्। आयोगको कामकारबाहीलाई सशक्त रूपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताएका छन्।  

आयोगको सदस्यका रूपमा यसअघि नै डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, प्रा.डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्वेबारी सम्हालिसकेका छन्। राष्ट्रिय योजनाआयोगको सदस्य भइसकेका बुढाथोकी त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनको अनुभव साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थामा काम गरेको अनुभव समेत छ। 

प्रकाशित: २५ वैशाख २०८० ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App