१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

साझाको रात्रीबस सेवा सुरु, ११ बजेसम्म न्युरोड गेट अगाडि बस पाइने

काठमाडौं – साझा यातायातले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। मंगलबार रातिदेखि साझा यातायातले पाँच वटा रुटलाई केन्द्रित गरेर  राति साढे ८ देखि ११ बजेसम्म रात्रिकालिन बस सेवा सञ्चालनमा ल्याएको हाे।

‘राजधानीमा आठ बजेपछि यात्रुहरुले यात्रा गर्न अप्ठेरो परेको गुनासो आएपछि मंगलबार रातिदेखि रात्री बस सेवा सञ्चालनमा ल्याएका हौं,‘ साझा यातायातका अधिकृत महेन्द्रराज पाण्डेले भने, ‘सुरुमा पाँच वटा रुटलाई प्राथमिकता दिएर रात्रिकालिन बस सुरु गरिएको हो।’

बेलुका साढे आठ बजे न्युरोडगेटबाट नयाँ बानेश्वर र कोटेश्वर रुटमा बस सञ्चालन भएको छ। न्युरोडगेटबाट सिंहदरबार, नयाँ बानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल हुँदै जोरपाटी पुगेर सोही रुट फर्किनेछ। न्यरोडगेटबाट  त्रिपुरेश्वर, कालीमाटी र कलंकी रुटमा पनि राति ११ बसेसम्म रात्रिकालिन बस सेवामा आएको छ। त्यस्तै, न्युरोडगेटबाट ठमेल, सोह्रखुटे हुँदै नयाँ बसपार्कसम्म अर्को बस सञ्चालन गरिएको छ। पाटन अस्पतालबाट छुट्ने बस त्रिपुरेश्वर आँखा अस्पताल हुँदै वीर अस्पताल, त्रिवि टिचिङ अस्पताल, गंगालाल हृदयरोग केन्द्र हुँदै न्युरो अस्पतालसम्म पुग्नेछ र सोही रुट भएर फर्किनेछ।

रात्रिकालिन समयमा बस सेवा सञ्चालन गरिएको हुँदा भाडादर २५ रुपैयाँ तोकिएको साझा यातायातका अधिकृत पाण्डेले बताए। ‘रात्रिकालिन समयमा बस सञ्चालन गरिएको हुँदा जहाँबाट यात्रुहरु चढे पनि भाडादर २५ रुपैयाँ तोकिएको छ,’ उनले भने। साझा यातायातले यसअघि बेलुका नौ बजेसम्म बस सेवा दिँदै आएको दावी उनले गरे।

‘यसअघि साझा यातायातले भक्तपुर, जोरपाटी र थानकोट रुटमा बस सञ्चालनमा ल्याउने भनिए पनि बस अभावले तत्काल सुरु गर्न सकिएको छैन। हाल ४६ वटा बसहरु विभिन्न रुटमा सञ्चालन भइरहेको छ। त्यस्तै १० वटा डिलक्स बसहरु थप्न लागिपरेका छौं, उनले भने।
 

प्रकाशित: ४ फाल्गुन २०७३ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App