२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

क्युआर कोर्डबाट हुने कारोबार तीन गुणाले बढ्यो

एकै वर्षमा क्विक रेष्पोन्समा आधारित भुक्तानी (क्युआर कोर्ड) तीन गुणाले वृद्धि भएको छ। नेपाल राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७८ को फागुन मसान्त (सन् २०२२ को मिड मार्च) सम्मको अवधिमा क्युआर कोडमार्फत २३ लाख ७ हजार ९ सय ४ कारोबार संख्या भएको थियो। पछिल्लो एक वर्षको अवधिमा भने क्युआर कोडमार्फत हुने कारोबार झण्डै तीन गुणा बढेर ६७ लाख ५० हजार ५ सय ८२ वटा कारोबार भयो। क्युआर कोडबाट हुने कारोबार संख्या मात्रै होइन, कारोबार रकममा पनि तीन गुणाले नै वृद्धि भएको छ।  

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ फागुन मसान्तसम्मको अवधिमा ७ अर्ब ७६ करोड रूपैयाँको कारोबार क्युआर कोर्डमार्फत भुक्तानी भएको थियो। चालु आवको फागुन मसान्तसम्मको अवधिमा(सन् २०२३ को मिड मार्च) अर्थात् सोही अवधिमा भने क्युआर कोर्डमार्फत २० अर्ब ७७ करोड रूपैयाँको भयो। कोभिड १९ पछि नेपालमा डिजिटल कारोबार भुक्तानीमा सर्वसाधारणको आकर्षण तीव्र गतिमा बढिरहेको छ।  

२०७८ सालको फागुन मसान्तसम्मको अवधिमा मोवाइल वालेटबाट १६ अर्ब ५९ करोड रूपैयाँको कारोबार भएको थियो तर चालु आवको फागुन मसान्तसम्मको अवधिमा भने मोवाइल वालेटबाट १८ अर्ब १५ करोड रूपैयाँको कारोबार भएको छ। बैंकका अनुसार २०७८ फागुन मसान्तसम्मको अवधिमा इन्टरनेट बैंकिङबाट १३ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको थियो तर चालु आवको फागुन मसान्तसम्मको अवधिमा भने इन्टरबैंकिङको कारोबार खासै बढेको देखिँदैन।  

सो अवधिमा १३ अर्ब ८६ करोड रूपैयाँको कारोबार भएको छ। पछिल्लो समय काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि सामान्य खालमा भट्टीमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा व्यापक मात्रामा वृद्धि भएको छ। नेपालमा २३ महिनाको अवधिमा १३६ खर्बको डिजिटल कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ वैशाखदेखि २०७९ फागुन मसान्तसम्ममा मोवाइल बैंकिङ, इन्टरनेट बैकिङ, वालेट र क्युआर कोड भुक्तानी र पोइन्ट सेल र इकमर्श लगायतका विभिन्न माध्यमबाट १३६ खर्ब रूपैयाँ बराबरको कारोबार भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०१९-२० को जुन (जुलाई महिनामा कनेक्ट आइपिएसबाट ६ लाख ९६ हजार ४ सय ४७ वटा कारोबार भएको थियो। सोही समयमा ५१ अर्ब ३० करोड रूपैयाँको कारोबार भएको थियो। सन् २०२० र २१ को जुन (जुलाईमा सो बढेर ३२ लाख ४ हजार ८ सय ४५ वटा कारोबार भएको थियो। सोही अवधिमा कनेक्ट आइपिएसबाट २ अर्ब ३७ अर्ब रूपैयाँको कारोबार भएको थियो। त्यतिमात्रै होइन्, सन् २०२१-२२ को जुन–जुलाईमा भने कनेक्ट आइपिएसबाट हुने कारोबार संख्या ४२ लाख ७० हजार कारोबार भएको थियो। सो समयमा ३ खर्ब ६९ अर्ब रूपैयाँको कारोबार भएको थियो। त्यसैगरी सन् २०२२-२३ को सेप्टेम्बर (अक्टोबर महिनामा भने ४० लाख १३ हजार ३ सय ९६ वटा कारोबार भएको थियो। सो अवधिमा भने ३ खर्ब ७ अर्ब रूपैयाँको कारोबार भएको थियो।

बैंकका अनुसार सन् २०१९-२० को जुन–जुलाई महिनामा क्युआर कोड सुरु नै भएको थिएन। सन् २०२०-२१ को जुन-जुलाईमा क्युआर कोडबाट कारोबार सुरु भएको थियो। सो वर्ष ८ लाख ५५ हजार ५ सय ६६ वटा कारोबार भएको थियो। सो अवधिमा ३ अर्ब ६५ करोड रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो। त्यसैगरी सन् २०२१-२२ को जुन–जुलाईमा भने क्युआर कोड मार्फत ४२ लाख ८१ हजार ९ सय ९४ वटा कारोबार भएको थियो। सोही समयमा १४ अर्ब ५२ करोड रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो।  

त्यसैगरी त्यसैगरी सन् २०२२-२३ को सेप्टेम्बर (अक्टोबर महिनामा ४७ लाख ७० हजार कारोबार भएको थियो। सो अवधिमा १७ अर्ब ३३ करोड रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो। बैंकका अनुसार सन् २०१९-२० को जुन-जुलाई महिनामा मोवाइल वालेटबाट एक करोड १ लाख ७९ हजार ५ सय ५७ वटा कारोबार भएको थियो।  

सोही अवधिमा मोवाइल वालेटबाट १० अर्ब २२ करोड रूपैयाँको भुक्तानी भएको थियो। त्यसैगरी सन्न् २०२०-२१ को जुन-जुलाईमा भने एक करोड २५ लाख १५ हजार ९ सय ४ वटा कारोबार भएको थियो। सो समयमा १२ अर्ब ७९ करोड रूपैयाँको भुक्तानी मोवाइल वालेटबाट भएको थियो। त्यसैगरी सन् २०२१-२२ को जुन–जुलाईमा भने एक करोड ६२ लाख ६ हजार ३ सय ६५ वटा कारोबार भएको थियो। सो बेला १७ अर्ब ४६ करोडको भुक्तानी मोवाइल वालेटबाट भएको थियो। सन् २०२२ को सेप्टेम्बर (अक्टोबरमा मोवाइल वालेटबाट एक करोड ५७ लाख ३ हजार ४२ वटा कारोबार भएको थियो। वालेटबाट १६ अर्ब ५६ करोड रूपैयाँको भुक्तानी भएको थियो ।

प्रकाशित: १९ वैशाख २०८० ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App