२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साढे ३ खर्ब कम राजस्व संकलन

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ। सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ। राजस्व नउठेपछि सरकारले चालु खर्च चलाउन पनि ऋण लिनुपरेको छ।

सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य लिएको थियो। नौ महिनामा ४९.२९ प्रतिशत मात्र राजस्व संकलन भएको छ। लक्ष्यअनुसार मासिक सरदर करिब १ खर्ब १६ अर्ब रूपैयाँ राजस्व संकलन गर्नुपर्छ।

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ। सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ।

यसरी हेर्दा नौ महिनाको अवधिमा १० खर्ब ४४ अर्ब रूपैयाँ राजस्व संकलन हुनुपर्थ्याे। महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म ६ खर्ब ९१ अर्ब ६६ करोड रूपैयाँ मात्र राजस्व संकलन भएको छ।

यसरी हेर्दा ३ खर्ब ५३ अर्ब कम राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिभन्दा १ खर्ब ७ अर्ब कम राजस्व जम्मा भएको छ।

राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जानुपर्ने भए पनि यो वर्ष नकारात्मक छ। गत आवको वैशाख ६ गतेसम्म ७ खर्ब ९८ अर्ब ३३ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म ६ खर्ब ९१ अर्ब ६६ करोड रूपैयाँ मात्र राजस्व संकलन भएको छ।

आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले बताए। आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको छ।

वैदेशिक व्यापारमा गिरावट आउनु, घरजग्गा कारोबार शिथिल बन्नु, सेयर कारोबार खुम्चिनु, अर्थतन्त्रमा भएको लगानी सर्कुलेट नहुनु लगायत कारणले राजस्व संकलनमा गिरावट आएको राजस्व सचिव घिमिरेले बताए। उनका अनुसार पुँजीगत खर्चमा आएको कमी, वस्तुको उत्पादन तथा बिक्रीमा आएको न्यूनताले पनि राजस्व संकलन प्रभावित भएको छ।

आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले बताए।

‘विश्व अर्थतन्त्रमा देखिएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पर्दा राजस्व प्रभावित बन्यो,’ घिमिरेले भने, ‘विगतको तुलनामा भने क्रमशः सुधार हुँदै आएको छ।’

घरजग्गाको पुँजीगत लाभकर, सेयर कारोबारबापत आउने कर, वैदेशिक व्यापारबाट आउने भन्सार महसुललगायतमा आएको गिरावटले राजस्व संकलनमा कमी गराएको उनले बताए। सरकारले कर राजस्व र गैरकर राजस्व संकलन गर्छ। गैरकर राजस्व भने नघटेको घिमिरेले बताए। सरकारले कर राजस्व ६ खर्ब २३ अर्ब र गैरकर राजस्व ६८ अर्ब रूपैयाँ संकलन गरेको छ।

घरजग्गाको पुँजीगत लाभकर, सेयर कारोबारबापत आउने कर, वैदेशिक व्यापारबाट आउने भन्सार महसुल लगायतमा आएको गिरावटले राजस्व संकलनमा कमी गराएको उनले बताए।

कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरको प्रभाव अहिले देखिएको घिमिरेले बताए। विगतमा विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले आयातमा कडाइ गरेको थियो। आयातमा कडाइ गर्दा वैदेशिक व्यापारमा कमी आयो। आयातमा आधारित अर्थतन्त्र भएकाले वस्तु आयात रोकिँदा त्यसको असर पनि राजस्व संकलनमा परेको अर्थ मन्त्रालयको दाबी छ।

सरकारले गत मंसिरबाट आयात खुलाएपछि वैदेशिक व्यापारमा केही सुधार भएर भन्सार राजस्वमा पनि सुधार आएको उनको दाबी छ। विश्वबजारमा देखिएको मन्दीका कारण पनि आर्थिक क्रियाकलापमा शिथिलता आएको र त्यसको असर देखिएको उनले बताए।

कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरको प्रभाव अहिले देखिएको घिमिरेले बताए। विगतमा विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले आयातमा कडाइ गरेको थियो।

राजस्व संकलन नभएपछि सरकारले चालु खर्च पनि धान्न सकेको छैन। अर्थतन्त्रमा देखिएको मन्दीका कारण बजार चक्र प्रभावित भएको छ। बजारमा माग घटेको छ, त्यसले उत्पादनमा गिरावट आएको छ, त्यसको प्रभाव पनि राजस्वमा परेको छ।

चालु आर्थिक वर्षको राजस्व संकलन वृद्धिदर ५५ वर्षयताकै कमजोर स्थितिमा पुगेको हो। अर्थ मन्त्रालयले तयार गरेको आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा ५५ वर्षपछि पहिलो पटक राजस्व संकलनमा नकारात्मक वृद्धिदर देखिएको उल्लेख छ। ‘राजस्व संकलनमा यस्तो प्रकारको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/२५ पछि पहिलोपटक हुन पुगेको छ,’ तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत माघमा संसद्मा सम्बोधन गर्दै भनेका थिए। सरकारले लक्ष्यअनुसार राजस्व संकलन विगतका वर्ष पनि गर्न नसकेको भए पनि यो वर्ष नकारात्मक वृद्धिदर भएकाले चिन्ताको विषय बनेको छ।

अर्थ मन्त्रालयले तयार गरेको आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा ५५ वर्षपछि पहिलो पटक राजस्व संकलनमा नकारात्मक वृद्धिदर देखिएको उल्लेख छ।

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न राजस्व संकलन वृद्धि गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले सक्रियता बढाएका छन्। अर्थमन्त्री महतले बिहीबार आन्तरिक राजस्व कार्यालयका प्रमुखहरूलाई बोलाएर राजस्व संकलन बढाउन निर्देशन दिएका छन्।

गत वर्षको तुलनामा यो वर्ष अहिलेसम्मको राजस्व संकलनको प्रगति निकै कम भएको भन्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरे। राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुको आयातमा लगाइएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरीपैठारीका कारणले राजस्वमा कमी आएको भए पनि बढाउनुपर्नेमा उनले जोड दिए।

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न राजस्व संकलन वृद्धि गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले सक्रियता बढाएका छन्।

भ्याटमा नक्कली बिलको समस्या आइरहेको बताउँदै उनले यस्तो अपराध नियन्त्रण गर्न निर्देशन दिएको बताए। ‘बदमासी भएको छ, दुरूपयोग भएको छ भने कारबाहीको सिफारिस गर्नुपर्छ,’ महतले भने, ‘अप्ठ्यारोमा पनि राम्रो परिणाम निकाल्नुपर्छ।’

सरकारले बुधबारसम्म ६ खर्ब ९१ अर्ब ६६ करोड ६० लाख राजस्व संकलन गरेको छ। बुधबारसम्म सरकारको कुल खर्च ९ खर्ब ५० अर्ब २० करोड रूपैयाँ खर्च भएको छ। चालु खर्च मात्र ७ खर्ब ११ अर्ब २६ करोड रुपैयाँ भएको छ।

भ्याटमा नक्कली बिलको समस्या आइरहेको बताउँदै उनले यस्तो अपराध नियन्त्रण गर्न निर्देशन दिएको बताए।

सरकारले संकलन गरेको राजस्वभन्दा चालु खर्च नै २० अर्ब रूपैयाँ बढी खर्च भएको छ। पुँजीगत खर्च १ खर्ब ९ अर्ब ६८ करोड रूपैयाँ रहेको छ। बुधबारसम्मको तथ्यांक अनुसार राज्यको ढुकुटी करिब २ खर्ब १७ अर्ब रूपैयाँ घाटामा रहेको छ।

सरकारको ढुकुटीमा कर, अनुदानलगायत सबै क्षेत्रबाट ७ खर्ब ३२ अर्ब ३९ करोड जम्मा भएको छ भने चालु, पुँजीगत, सरकारले तिर्नुपर्ने ऋण, ब्याज गरी ९ खर्ब ५० अर्ब २० करोड रूपैयाँ खर्च भएको छ। सरकारले राजस्वबाट अपुग भएको रकम आन्तरिक र बाह्य ऋणबाट व्यवस्थापन गरेको छ।  

आर्थिक वर्षको अन्त्यतर्फ विकास निर्माणलगायत आर्थिक गतिविधि र सरकारको खर्च बढ्ने भएकाले राजस्व संकलनमा पनि वृद्धि आउने अर्थ मन्त्रालयका अधिकारीको दाबी छ।

‘अहिले केही सुधार भएको राजस्व संकलन आर्थिक वर्षको अन्त्यतर्फ गति लिन्छ,’ सचिव घिमिरेले भने, ‘लक्ष्यअनुसार नपुगे पनि अहिलेकोभन्दा धेरै सुधार गर्छौं।’

बुधबारसम्मको तथ्यांक अनुसार राज्यको ढुकुटी करिब २ खर्ब १७ अर्ब रूपैयाँ घाटामा रहेको छ।

आयातमा आधारित अर्थतन्त्र भएकाले भन्सार राजस्वमा घट्दा त्यसको असर राजस्वमा देखिएको हो। पोहोरको तुलनामा आयात १८ प्रतिशतले कमी आएको भने निर्यात २६.३४ प्रतिशतले कमी छ। आयात र निर्यात दुवै कम स्वतः त्यसको असर राजस्वमा परेको हो। नौ महिनाको अवधिमा यो वर्ष १२ खर्ब १ अर्ब रूपैयाँको आयात भएको छ।

पोहोर सोही अवधिमा १४ खर्ब ६६ अर्ब रूपैयाँका वस्तु आयात भएको थियो। पोहोरको तुलनामा निर्यात पनि घटेको छ। चालु आव १ खर्ब १८ अर्ब २७ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको थियो। गत आवमा सोही अवधिमा १ खर्ब ६० अर्ब रूपैयाँको वस्तु निर्यात भएको थियो।

आयातमा आधारित अर्थतन्त्र भएकाले भन्सार राजस्वमा घट्दा त्यसको असर राजस्वमा देखिएको हो।

कुल वैदेशिक व्यापारको हिस्सा पनि १८.८९ प्रतिशतले घटेको छ। नौ महिनाको अवधिमा वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब रूपैयाँ रहेको छ। गत आवको सोही अवधिमा १६ खर्ब २७ अर्ब वैदेशिक व्यापार थियो। यसको प्रभाव पनि राजस्व संकलनमा परेको हो।

प्रकाशित: ८ वैशाख २०८० ००:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App