coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विमानस्थलको फ्रिक्वेन्सी एक घण्टा अवरुद्ध

फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी मंगलबार एक घण्टा डाउन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले फ्रिक्वेन्सीमा समस्या आएपछि करिब आधा घण्टा मात्र आवागमन र प्रस्थानमा समस्या आएको दाबी गरे।

फ्रिक्वेन्सी डाउन भएपछि दिउँसो करिब १ बजेदेखि विमानस्थलको आवागमनमा समस्या आएको थियो। विमानस्थल केही बेर ठप्प भएको उनले बताए।

‘करिब आधा घण्टा समस्या आएको थियो। अहिले पूर्ण रूपले समाधान भइसक्यो’, उनले नागरिकसँग भने। तिवारीका अनुसार हाललाई फ्रिक्वेन्सीको क्षमता घटाएर काम गरिएको छ। समस्या पूर्ण रूपले समाधान भइसकेको दाबी तिवारीले गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी मंगलबार एक घण्टा डाउन भएको छ।

उनले विमानस्थल सुचारु भएको पनि बताए। प्रवक्ता टेकनाथ सिटौलाले भने विमानस्थलमा मंगलबार दिउँसो करिब १ घण्टाको लागि कम्युनिकेसन फ्रिक्वेन्सीमा समस्या आएको बताए।

प्रवक्ता सिटौलाले १२ देखि १ बजेसम्म कम्युनिकेसन फ्रिक्वेन्सीमा प्रविधिक समस्या आएको उल्लेख गर्दै उनले भने ‘विमानस्थलको कम्युनिकेसन लिंकमा केही समस्या आएकाले दिउँसो केही समय विमानस्थलबाट प्रस्थान गर्ने जहाजहरू रोकिए।’

उनले थपे ‘कहिलेकाहीँ प्राविधिक समस्या त आइहाल्छ, १ बजेदेखि रिकभर भइसक्यो, अहिले उडानहरू सुचारु भइसके।’

उनले कम्युनिकेसन फ्रिक्वेन्सी डाउन हुँदा विमानस्थलबाट प्रस्थान गर्ने जहाजहरू मात्र रोकिएको बताउदै भने ‘सेवा पूरै ब्लाकआउट नै भएको होइन। नजिकबाट सञ्चार हुन्थ्यो, टाढामा कनेक्स्न बे्रक आउट भएको थियो। अहिले नर्मल भइसक्यो।’

उनले थपे ‘कहिलेकाहीँ प्राविधिक समस्या त आइहाल्छ, १ बजेदेखि रिकभर भइसक्यो, अहिले उडानहरू सुचारु भइसके।’

यस्तै बुद्ध एयरको काठमाडौंदेखि पोखरा उडान अपराह्न ४ बजेसम्म बन्द भएका छन्। प्रदूषणका कारण भिजिबिलिटी कम भएर बुद्धका सबै उडान बन्द भएको प्रवक्ता दिपेन्द्र कर्णले बताएका छन्।

 ‘बिहानैदेखि भिजिविलिटी कम भएका कारण पोखरामा जहाज जान सकेको छैन्। अपराह्न ४ बजेसम्म बुद्ध एयरको पोखराको ५ र तुम्लिङटारको एक उडान रद्ध भयो’, उनले भने। कर्णका अनुसार अपराह्न ४ बजेसम्म रोकिएकाे थियाे।

प्रकाशित: ६ वैशाख २०८० ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App