१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड

उद्योगी व्यवसायीसहित सरोकारवालाले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको समस्याका बारेमा छलफल गरेको छ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तुहरूको खपत बढाउनुपर्ने बताए।  

चुनौतीपूर्ण अर्थतन्त्रमा सकारात्मक वातावरण निर्माण गर्न, उद्योगी व्यवसायीहरूमा उत्साहप्रद वातावरण बनाउन निजीक्षेत्रको तर्फबाट परिसंघ लागि परेको बताए। ‘अर्थतन्त्रमा हाल आएको उच्च संकुचनले उद्योगी व्यवसायीहरूलाई हतोत्साहित बनाएको छ,’ उनले भने। स्वदेशी अभियानमा आबद्ध सदस्यहरूलाई स्वदेशीको सामूहिक लोगो प्रयोग गरेर निर्यात गर्दा थप एक प्रतिशत नगद अनुदान प्रदान गर्न आग्रह गरे।  कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले स्वदेशी वस्तुको प्रयोग बढाउँदै निर्यात प्रबद्र्धन एवं आयात प्रतिस्थापनका लागि मेक इन नेपाल स्वदेशी अभियान महत्वपूर्ण रहेको बताए। उनले स्वदेशी उद्योगहरूको प्रबद्र्धनका लागि आगामी बजेटमार्फत गरिनुपर्ने सम्बोधनका विषयमा सुझाव दिन आग्रह गरे।

प्रकाशित: ५ वैशाख २०८० ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App