साम्बाको कठिन घडीमा भायानेटको साथ: उपचारका लागि ५ लाखको प्रतिबद्धता
"थाकेको हो, हारेको छैन" भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो ।
"थाकेको हो, हारेको छैन" भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो ।
पछिल्लो समय न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स क्लबमा आबद्ध भई अष्ट्रेलियाको शीर्ष डिभिजनको लिगमा व्यावसायिक फुटबल खेल्दै आएकी साम्बा विगत सात सातादेखि मैदान बाहिर छिन्।
करिब दुई घण्टा लामो भाषणमा उनले इरान, गाजा युद्ध र भारत-पाकिस्तान सम्बन्धबारे धेरै विवादास्पद र ठूला दाबीहरू गरे। उनले आफू नभएको भए दक्षिण एसियामा ठूलो नरसंहार हुने खतरा भएको आशय समेत व्यक्त गरेका थिए।
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं-५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन्।
अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपेली युनियनका देशहरू लगायत ८५ वटा देशका नागरिक जसलाई पहिले भिसा चाहिदैनथ्यो, उनीहरूले अब अनिवार्य रूपमा ईटीए लिनुपर्नेछ ।
निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको मतभारको पूर्वअनुमान गरी सार्वजनिक नगर्न आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको टी-२० अन्तर्राष्ट्रिय पुरुष अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको स्थान यथावत् रहेको छ।
सहरलाई चुनावी रन्कोले छपक्कै छोएको छ। बजारका चियापसलदेखि चौतारोसम्म चुनावी चर्चा सर्वत्र सुन्न पाइन्छ। व्यावासायिक क्षेत्रदेखि विद्यालयका कोठासम्म पनि चुनावी चर्चा हुने गरेका छन। सहरको जस्तै चुनावी रन्को गाउँमा पनि छ। किसानले खेतीपातीको काम रोकेर पनि चुनावी माहोलबारे बहस गरेको भेटिन्छ। मतदाताबीचको बहसमा कसले जित्ने र कसले हार्ने भनेर आफ्नै तरिकाले आँकलन गर्ने गरेको सर्वत्र सुन्न पाइन्छ। तर, कतिपय त्यस्ता ठाउँ छन, जहाँ चुनावी चर्चाले खासै छोएको छैन।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दृष्टिविहीन, शारीरिक अशक्तता भएका तथा स्वयं मतसंकेत गर्न नसक्ने मतदाताका लागि विशेष व्यवस्था गर्ने भएको छ।
आजको कारोबारमा सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९८ प्रतिशतले घटेको छ।
निर्वाचन लक्षित विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । निर्वाचनमा खटिने पर्यवेक्षक, कर्मचारी तथा सञ्चारकर्मीलाई विभिन्न क्षेत्रमा फरक फरक अभिमुखीकरण र अन्तर्क्रिया गरिएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरेका थिए। त्यस अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको मन्त्रालयले जानकारी दिएको छ।
पर्याप्त स्रोत, साधन र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धार गर्न कठिन भएको स्वीकार गर्दै मन्त्री श्रेष्ठले सामाजिक संघसंस्थाको सहयोग र एकताबाट कठिनभन्दा कठिन काम पनि सहज रूपमा सम्पन्न गर्न सकिने बताइन्।
फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख बराबरको जरिवाना हुने भएको छ ।