१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत  हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकलाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले  ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका–१ का २२ बर्षीय सन्जित स्याङतान र सवार १८ वर्षीय  अमोश थिङको  मृत्यु भएको हो।

ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी जारी रहेको उनले जानकारी दिए। रासस

प्रकाशित: १३ फाल्गुन २०८२ १५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App