२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

खड्काका चुनावी बाचा: सडक पूर्वाधारदेखि उद्यमशीलता कोष स्थापना

नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्वर–१ का उम्मेदवार बिष्णुबहादुर खड्काले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । बाचापत्रमा सडक पूर्वाधारदेखि युवाहरुलाई उद्यममा लगाउन उद्यमशीलता कोष स्थापना गरिने उल्लेख छ ।  

भौतिक पूर्वाधारतर्फ गंगटे–आरनटुडा–ढाँडखेत–मटेला–थल–जाजरकोट सडक कालोपत्रे गर्ने, अवलचिङ–भर्जेनी–पाम्का–महेली–टिमुरकोट–भुतचोक–झुप्रा सडक स्तरोन्नति गर्ने, दशरथपुर–डाँडागाउँ–जितेजुवा–ढाडखेत सडक कालोपत्रे गर्ने, जहरे–शिवनगर–गुमी– पातिहाल्ना–चोल्पा–राकम सडक कालोपत्रे सम्पन्न गर्ने, छिन्चु–घारीवन–बडाखोली–काल्चे सडकलाई कालोपत्रेसहित सम्पन्न गर्ने, बोटेचौर–धारापानी–निगालचुला सल्यान सडक स्तरोन्नति गर्ने उल्लेख छ ।  

बाचापत्रमा गोजी–देउली–काफलकोट गान्द्रा रानिबास सडक स्तरोन्नति गर्ने, गोजी आली दुनी दह, गोजी जुम्ले अप्रैडाँडाखाली, जुगेन–सिमल गाउँ– आग्रीगाउँ–ठार दुर्पला गान्द्रा, बाँखर्क गान्द्रा, रैकर– बैचपानी, भोटेचुली दह रानिबास, सत्तरी मोटी भर्‍याङ मनिरामकाँडा, डल्लेखाली–पङगालडाँडा पारेगाउँ, धरमपोखरा अवलचिङ ढाँडखेत–जितेजुवा, फलाटे– बाँधेसाल, भिउचुला मेहेली टिम्मुरकोट, झुप्रा, अवलचिङ भोर्जनी पाम्का मेहेली, ढाँडखेत रजेना गोगने, छिन्चु–तोलीखोला, लेख हात्तीखाल, छिञ्चु मुरलीखोला, छिञ्चु डुङगीखोला, हर्रे–मनिरामकाँडा, बवई–गेरवानी, रामघाट–रिङरोड, मदानीचौर रिङरोड, मसिना रिङरोड, ठुलोजात्री रिङरोड, मालारानी गुफा सडकलगायतका सडक स्तरोन्नति र कालोपत्रे गरिने उल्लेख छ ।

यस्तै गुर्भाकोट, भेरीगंगा, लेकबेसी नगरपालिकालाई समेटेर बनाउन लागिएको भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर योजनाको गुरुयोजनालाई मूर्तरुप दिने, रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको प्रक्रियालाई अघि बढाउने, ‘उज्यालो निर्वाचन क्षेत्र’ अभियानलाई तिब्रता दिने, आरक्षसँग जोडिएका बस्तीहरूमा बन्यजन्तुहरूलाई नियन्त्रण गर्ने खोर, जालीतारको ब्यवस्था गर्ने उल्लेख छ ।  

भेरी करिडोर सिँचाइ तथा नदी नियन्त्रण आयोजनालाई तीब्रतापूर्वक सम्पन्न गर्ने, सफा पिउने पानीको जनअधिकारलाई सुनिश्चित गर्ने, बाढी कटान र पहिरो नियन्त्रण गर्न नदी खोलाहरूमा तटबन्धन गरिने, कोटको थुम्को, मालिकाधुरी, भोटेचुली, खटाङ्ग, गुर्भाकोट, भेरी करिडोर, गंगामाला देउती बज्यै मन्दिर, भेरी बबई डाइभर्सन, बराह डाँडा, डुमकोट संग्रहालय, मन्नमकाँडा, गिद्देडाँडा, मालधुरीडाँडा, लामीडाँडा, टिम्मुरकोट, फलिकोट–भिरबाटी–पुरानो गाउँ पदमार्ग, बौद्ध गुम्बालगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुको पूर्वाधार विकास गर्ने उल्लेख छ ।

यस्तै स्थानीय कच्चा पदार्थ, सीप, श्रम, स्रोत र प्रविधिको उपयोग गर्ने उद्योगहरूको स्थापना तथा सञ्चालन गर्ने, औद्योगिक ग्रामको स्थापना गर्ने, युवाहरूलाई उद्यममा आकर्षित गर्न उद्यमशीलता कोष स्थापना र अनुदानमा आधारित स्टार्टअप विजनेस सुरु गर्ने, वृद्धवृद्धा, असहाय, आश्रयहीन बालबालिका तथा व्यक्तिहरूका लागि आश्रयहरूको निर्माण गरी सामाजिक सुरक्षाको प्रत्याभूति दिने, एकल महिलाका लागि शिक्षा, सीप विकास र रोजगारी सम्बन्धी कार्यक्रमहरू तिनै तहसम्म प्रभावकारी ढङ्गले लागु गर्नेलगायतका बाचा उममेदवार खड्काले गरेका छन् ।

यस्तै सिम्ताको आधारभूत अस्पताललाई साधनस्रोत सम्पन्न बनाउने, चिङ्गाड गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने, लेकबेसी नगर अस्पतालको निर्माणाधीन भवन यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, प्रादेशिक सरूवा रोग अस्पताल भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, मेहलकुनाको ५० बेडको अस्पताललाई सय शैय्यामा विस्तार गर्ने, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायतका बाचाहरु गरिएका छन् ।

प्रकाशित: १३ फाल्गुन २०८२ १८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App