कांग्रेसको कामु मुख्य सचिवमा कृष्णप्रसाद दुलाल
नेपाली कांग्रेसले केन्द्रीय कार्यालयको कायममुकायम (कामु) मुख्य सचिवको जिम्मेवारी कृष्णप्रसाद दुलाललाई दिएको छ। पार्टी सभापति गगनकुमार थापाले बुधबारदेखि लागू हुने गरी दुलाललाई कामु मुख्य सचिव तोकेका हुन्।

