२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

एसबीआई क्यापिटल र एसबीआई बैंकबीच सम्झौता

एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबीआई बैंकले सम्झौता गरेको छ।

परियोजनामा लगानी, सिण्डिकेसन, प्रोजेक्ट अपराइजल र अन्य वित्तीय परामर्श सेवाहरू लगायतका विविध सम्भावित अवसरहरूको लागि पारस्परिक रूपमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन गर्ने उद्देश्यले सम्झौता भएको हो।

नेपालमा विशेष गरी जलविद्युत् परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरू आवश्यक महसुस गरी सम्झौता गरिएको एसबीआई क्यापिटल मार्केट्सले जनाएको छ। 

प्रकाशित: ४ वैशाख २०८० ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App