२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

महिला उद्यमी महासंघको प्रतिनिधित्व गर्दै ज्ञवाली महासंघको सदस्यमा उम्मेदवार

महिला उद्यमी महासंघको प्रतिनिधित्व गर्दै सञ्चार उद्यमी शोभा ज्ञवालीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएकी छिन्। नेपाल रिपव्लिक मिडियाकी निर्देशक ज्ञवालीले उद्यमशीलता विकास गर्नका लागि पहल कदमी लिने प्रतिवद्धता सहित महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार दिएको बताइन्।

डेढ दशकदेखि महिला उद्यमी महासंघ नेपालमा आवद्ध ज्ञवालीले आफू महासंघको नेतृत्वमा आउने अवसर पाए साना तथा मझौला व्यवसायी, युवालाई लक्षित उद्यमशीलता विकासमा काम गर्ने बताएकी छिन्। महिला उद्यमी महासंघको वरिष्ठ उपाध्यक्ष रहेकी ज्ञवालीले स्वदेशमा उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउनका लागि आँफूले काम गर्ने बताउँछिन्।

ज्ञवालीको पहिलो प्राथमिकता उद्यमशीलता विकासमा छ। मुलुकको अर्थतन्त्रमा साना तथा मझौला व्यवसायीको ठूलो योगदान रहेकाले सहज रुपमा व्यवसाय सञ्चालनका लागि लविङ गर्ने बताइन्। ‘साना उद्यमीमार्फत आन्तरिक उत्पादन बढाएर निर्यात गर्नुपर्छ,’ ज्ञवालीले भनिन्, ‘स्टार्टअप व्यवसायलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो मान्यता छ।’

युवामा उद्यमशीलता विकास गर्ने ज्ञवालीको योजना छ। ‘युवाहरु वैदेशिक रोजगारीमा गइरहेका छन्,’ ज्ञवालीले भनिन्, ‘स्वदेशमा रोजगारी सृजना गर्न युवालाई उद्योग, व्यवसायमा आकर्षित गर्नुपर्छ।’  ज्ञवालीले महासंघको व्यवसायीक वातावरण सृजना गर्न लविङ गर्न आँफू उम्मेदवार बनेको बताएकी छिन्।

ज्ञवालीले महिलाको सीप विकास, नेतृत्व सहित उद्यमशीलता विकासमा काम गर्दै आएकी छिन्। ज्ञवाली आवद्ध महिला उद्यमी महासंघले ग्रामीण क्षेत्रका महिलाको आर्थिक शसक्तिकरणमा ठूलो योगदान पु¥याएको छ। ग्रामीण महिलालाई सीप सिकाएर सामान उत्पादन गरी नेटवर्कमा जोडेर बजार प्रवद्र्धनमा सघाउँदै आएको छ। सर्भिस, हेण्डिक्राफ्ट, कृषि, ट्रेडिङको क्षेत्रमा काम गर्दै आएको ज्ञवालीले बताइन्। ज्ञवाली आँफै महिलालाई व्यवसायमा ल्याउनको लागि सक्रियताका साथ काम गर्दै आएकी छिन्।

पिछडिएको वर्गको आर्थिक उत्थानका लागि काम गर्न पनि आँफू महासंघको नेतृत्वमा आउन चाहेको बताइन्। ‘तराई, पहाड, हिमालमा उद्यमी बनाउन पहल गर्दै आएको छु,’  ज्ञवालीले भनिन्, ‘जिम्मेवारीमा पुगे पछि सरकारी निकायसँग समन्वय गरेर काम गर्न प्रतिवद्ध छु।’

मुलुकको आर्थिक विकासमा योगदान पु¥याउनु पर्छ भन्ने हुटहुटी भएकी ज्ञवाली व्यवसायीको हकहीतका लागि पनि निरन्तर काम गर्दै आएकी छिन्। कृषि उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गनुपर्छ भन्ने ज्ञवालीको मान्यता छ।  

वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको टीमबाट सदस्यमा उम्मेद्वारी दिएकी ज्ञवालीसँग विभिन्न संघसंस्थाको नेतृत्वमा बसेर काम गरेको अनुभव छ। ज्ञवाली नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शकी हुन्। महिला उद्यमी महासंघको कार्यकारी सदस्य, महासचिव, उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षको भूमिकामा छिन्। महिला उद्यमीको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी छिन्।  ज्ञवालीले स्वदेशमा मात्र नभएर कोरिया, अमेरिका, जापान लगायतका मुलुकमा पुगेर उद्यमशीलताको बारेमा ज्ञानसीप साट्दै आएकी छिन्।

प्रकाशित: २१ चैत्र २०७९ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App