४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

संघईद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।

महासंघको आशन्न चुनावमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले प्यानल बनाएर आइतबार उम्मेदवारी घोषणा गरेका छन्। संघईको समूहबाट महासंघ एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार बन्ने भएकी छिन्। ज्योत्सनाले यसअघि वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी अन्जन श्रेष्ठको प्यानलबाट चुनाव लड्ने घोषणा गरेकी थिइन्।

अहिले पहिलाको निर्णय परिवर्तन गर्दै संघईको समूहबाट उपाध्यक्षमा उम्मेदवार बन्ने भएकी छिन्। त्यसैगरी, जिल्ला नगर तर्फ सुरकृष्ण वैद्य, वस्तुगत तर्फबाट सकुन्तलाल हिराचन उम्मेदवार बन्ने भएका छन्। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का प्रत्यासी उमेशलाल श्रेष्ठले पनि प्यानल बनाएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारीमा छन्।

प्रकाशित: २० चैत्र २०७९ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App